ताजा अपडेट :

समाधीक्षकको भ्रमणको व्यवस्था गर्न माग

समाधीक्षकको भ्रमणको व्यवस्था गर्न माग
पर्वत २५मङ्सिर

अठ्सट्ठिऔँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा पर्वतमा मानवअधिकारवादी संघ संगठनहरुले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी मार्फत प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार रक्षक सम्वन्धी विशेष समाधिक्षकाले नेपाल भ्रमण गर्न सरकारसँग पटक पटक अनुरोध गर्दा समेत बेवास्ता गरेको भन्दै उक्त भ्रमणको व्यवस्थागर्न आग्रह गरिएको छ । मानवअधिकार रक्षकसम्वन्धी समाधीक्षकलाई नेपाल भ्रमणको लागि औपचारिक निमन्त्रणा गरी मानवअधिकार रक्षकको अवस्था अनुगमनका लागि वातावरण तयार पार्न समेत सरकारसँग आग्रह गरिएको छ ।


पर्वतमा क्रियाशिल नागरिक समाजको सञ्जाल, जिल्ला बार ईकाई, इन्सेक, गैसस महासंघ, मानवअधिकार तथा शान्ति समाज, नेपाल पत्रकार महासंघ, नेपाल मानव अधिकार संगठन, शिक्षाका लागि राष्ट्रिय अभियान पर्वत र मानव अधिकार निगरानी समुह द्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ती बुझ्दै प्रमुख जिल्ला अधिकारी मरासिनीले उक्त ज्ञापन पत्र तत्काल सम्वन्धित निकायमा पु¥याउने प्रतिवद्धता जनाएका थिए ।

 

प्रमुख समाचार

भिडियो संग्रह