ताजा अपडेट :

पर्वतको थापाठानामा हाजिरी जवाफ प्रतियोगिता सहित शैक्षिक सामाग्री वितरण

पर्वतको थापाठानामा हाजिरी जवाफ प्रतियोगिता सहित शैक्षिक सामाग्री वितरण

पर्वत २५मङ्सिर

पर्वत जिल्लाको थापाठानामा गाविसमा विद्यालय स्तरीय अन्तर आधारभुत तह हाजिरी जवाफ प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको प्रायोजन, रोटरी क्लव अफ पर्वत, इनरह्वील क्लव अफ पर्वत एवम् अमर टिका शिक्षा,स्वास्थ्य एवम् सामाजिक विकास प्रतिष्ठान, अमरटिका फाउण्डेशनको संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा थापाठाना गाउ विकास समितिमा रहेका थापाठाना मा.वि. हटिया, जनजागृती आधारभुत विद्यालय, भुमे आधारभुत विद्यालय, सरस्वती आधारभुत विद्यालय र देउराली आधारभुत विद्यालय गरी पाँच विद्यालय गरी ५ विद्यालयको सहभागिता रहेको हो ।

प्रतियोगितामा जनजागृती आधारभुत विद्यालय प्रथम, थापाठाना मा.वि., आधारभुत तह दृतिय र भुमे आधारभुत विद्यालयले तृतिय स्थान हासिल गरेका छन् । विजयी विद्यालय तथा विपन्न तथा जेहेन्दार ३५ जना बालबालिकालाई कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लव एवम् नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले पुरस्कार, प्रमाणपत्र सहित शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो ।  

कार्यक्रममा वोल्दै प्रमुख अतिथि प्रसाईले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावक, शिक्षक र विद्यार्थीको समान भुमिका रहने वताउदै परिवार देखि विद्यालयसम्म बालमैत्री वातवरण हुनुपर्नेमा जोड दिनु  भयो । आजका बालबालिका भोलिका देशका कर्णधार भन्ने युक्तीलाई सार्थक वनाउन आजै देखि शैक्षिक गुणस्तर अभिवृद्धि गर्न राज्य देखि परिवारले लगानी वढाउनु पर्ने उहाँको भनाई थियो । रोटरी, इनरह्वील, नेष्डो नेपाल र अमरटिका फाउण्डेशनको सहकार्यमा जिल्लामा थप शैक्षिक जागरणका कार्यक्रम अगाडी वढाइने हुँदा भोलिको सहयोग थापाठानावासीको अपेक्षामा निर्भर रहने उहाँले वताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्राविधिक कार्यालय मुस्ताङका प्रमुख रोटरीयन रविन्द्र तिवारीले छुट्टाछुट्टै पहलले समाजमा परिवर्तन ल्याउन कठिनाई हुने भएकाले लक्ष्य र उदेश्य मिल्ने संस्था विच सहकार्य र समन्वय गरी अगाडी वढनु सह्रानीय भएको वताउदै नेष्डो नेपाल, रोटरी क्लव अफ पर्वत, इनरह्वील क्लव अफ पर्वत र अमरटिका फाउण्डेशनको सहकार्यलाई जिल्लाको सामाजिक परिवर्तनको अयिभानमा सदा कायम राख्नु पर्ने वताउनु भयो ।

सहभागी विद्यालयका ३५ जना विपन्न तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । उपलव्ध शैक्षिक सामाग्री मध्ये २० थान सामाग्रीका लागि इनरह्वील क्लव अफ पर्वत एवम् अमरटिका फाउण्डेशन मार्फत नेष्डो नेपालले र १५ थान सामाग्री एवम् स्थानीय आमा समूहलाई पाँच हजार आर्थिक सहयोग रोटरी क्लव अफ पर्वत मार्फत क्लवका आगामी अध्यक्ष देवी प्रसाद पौडेल र निर्देशक नवराज भण्डारीले आफ्नो जन्मदिनको अवसरमा सौजन्य गर्नु भएको थियो । कार्यक्रममा स्थानीय रुपमा संयोजन गर्ने थापाठाना मा.वि.परिवारलाई क्लवका पुर्व अध्यक्ष गोपी अधिकारी, शिव शर्मा पौडेल, गणेश वहादुर क्षेत्री, इनरह्वील क्लव अफ पर्वतका संस्थापक अध्यक्ष लक्ष्मी कुमारी मेधासी र अमरटिका फाउण्डेशनका प्रतिनिधी विश्ववन्धु प्रसाईले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो । कार्यक्रममा रोटरीयन कृष्ण प्रसाद शर्मा, दोणराज पौडेल र नेत्र पौडेल, सामाजिक अगुवा वद्री प्रसाद मिश्र, युधिष्ठिर भुषाल, नारायण प्रसाई, इश्वरी शर्मा, चन्द्र प्रकाश पौडेल लगायतको व्यवस्थापकीय सहभागिता रहेको थियो ।

मुल कार्यक्रम रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेश पौडेलको अध्यक्षता, इनरह्वील क्लव अफ पर्वतका अध्यक्ष सावित्री खत्री क्षेत्रीको स्वागत, क्लवका सहसचिव उत्तम प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो भने हाजिरी जवाफ प्रतियोगित नेष्डो नेपालका महासचिव एवम् रोटरी क्लवका पुर्व अध्यक्ष प्रेम प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रमुख समाचार

भिडियो संग्रह