- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
कालीगण्डकीको स्टिमर सेवाले बढायो आन्तरिक पर्यटक
कालीगण्डकीको स्टिमर सेवाले बढायो आन्तरिक पर्यटक
मंसिर १९ ,पर्वत
कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठुलो शालिग्राम शिला अबलोकन गर्ने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । कालीगण्डकी ए जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको हो । स्टिमरमा जलयात्रा गर्न र विश्वकै ठुलो शालिग्राम शिलाको अध्ययन अबलोकन गर्नका लागि विभिन्न जिल्लाबाट पर्यटकहरु आउने गरेका छन् । पछिल्लो समय शैक्षिक भ्रमणको गन्तव्य नै बन्ने गरेको छ । पर्वत, गुल्मी र स्याङ्जाको संगमस्थलमा पर्ने मिर्मी जलविद्युत् परियोजनाको बाँधले बनाएको तालमा स्थानीय व्यवसायीले काठको ढाँचामा ट्रकका इन्जिन उपयोग गरेर बनाइएको स्टिमर सञ्चालन गर्दै आएका छन् ।
वर्षातको समयमा कालीगण्डकीको बहाव बढ्ने भएकाले स्टिमरको सेवा बन्द थियो । पानीको बहाव घटेसँगै कात्तिक अन्तिम सातादेखि सञ्चालन सुरु गरिएको छ । पछिल्ला दुई वर्षमा कालीगण्डकी करिडोरअन्तर्गतको हर्मिचौर–पूर्तिघाट सडक सञ्चालन भएपछि जलयात्रा गर्ने गाउँलेको संख्या घटेको भएपनि जलयात्राको आनन्द लिनका लागि बाह्य जिल्लाका पर्यटकहरुको संख्या भने थपिदै गएको छ । दैनिकजसो २ देखि ७ वटा सम्म विभिन्न जिल्लाका विद्यार्थीहरु भ्रमण आउने गरेका छन् ।
स्थानीय व्यवसायीको पहलमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस क्षेत्रमा स्टिमर सञ्चालनमा ल्याइएको हो । स्थानीय व्यवसायी प्रेम अर्यालले भन्नुभयो, ‘गाडीबाट भन्दा स्टिमरबाटै ढुवानी र यात्रा पनि सस्तो पर्ने भएकाले सडक विस्तार भएपछि पनि स्टिमर सेवा निरन्तर चलिरहेको छ । उहाँ अनुसार स्टिमर सञ्चालन भएपछि गाडीमा प्रतिकिलो ३ रुपैयाँ पर्ने ढुवानी भाडा १ रुपैयाँमा झरेको छ ।
स्याङ्जाको मिर्मी स्थित कालीगण्डकी ए को बाँधदेखि पर्वत, गुल्मी र स्याङ्जाको संगममा अवस्थित प्रसिद्ध धार्मिकस्थल एवं एसियाकै ठूला शिला शालिग्राम रहेको सेतीवेणी बजारसम्म झन्डै ७ किमि दूरीमा कालीगण्डकीको पानीमाथि स्टिमर चल्ने गरेको छ । दुई ठूला पहाडको खोंचबाट सुस्त गतिमा बढेको कालीगण्डकीको पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने गरेकाले पर्यटक रमाउने सेतीवेणीका होटल व्यवसायी शोभाखर तिवारीले बताउनुभयो । स्टिमरले आन्तरिक पर्यटक मात्र नभै दैनिक उपभोग्य सामग्रीको मूल्य पनि घटेको छ ।
‘स्टिमर चलेपछि सेतीवेणी बजारमा चहलपहल बढेको छ,’ उहाँले भन्नुभयो, ‘पर्यटक भित्र्याउन भए पनि स्टिमर चल्नुपर्छ ।’ कालीगण्डकी जलविद्युत् परियोजनाका प्राविधिक मुक्तिराम पाण्डेले पनि स्टिमर चल्दा र नचल्दाको यस क्षेत्रको अनुभव नै फरक हुने गरेको बताउनुभयो । ‘सय रूपैयाँ भाडामा बढीमा आधा घण्टामा ७ किमि यात्रा सकिन्छ,’ उहाँले भन्नुभयो, ‘स्टिमरमा हिँड्नु नेपालकै नौलो यात्रा अनुभव हो ।’ काठले बनेका, इन्जिनबाट चल्ने यस्ता स्टिमर अन्यत्र नरहेकाले पनि यसमा बसेर यात्रा गर्नेहरू रमाउने गरेको स्थानिय शिक्षक अशोकसिंह पाण्डेले बताउनुभयो । यसबाट पर्यटन प्रवर्धनमा समेत सहयोग पुगेको उहाँको भनार्य छ ।
स्थानिय शालिग्राम उच्च माविकमा प्राचार्य समेत रहनुभएका सिंहका अनुसार अहिले विद्यार्थीको अध्ययन अवलोकन भ्रमण भएकाले पनि दैनिक चार सयजनासम्म विद्यार्थी मिर्मी परियोजना, स्टिमर यात्रा र सेतीवेणी शिला अवलोकनका लागि आउने गरेका छन् । ‘अहिले विद्यार्थीको भ्रमण सिजन हो,’ उहाँले भन्नुभयो, ‘अब स्टिमर सञ्चालन गरेर वर्षातको समयमा बाहेक हरेक महिना पर्यटक आउने अवस्था गराउन पहल भैरहेको छ ।
विश्वकै ठुलो र कालीगण्डकी नदिमा मात्र पाईने भएकाले पछिल्ले समय भारतीय पर्यटक तथा तीर्थयात्रीहरु पनि शालिग्राम शिलाको दर्शन गर्न आउने गरेका छन् । शिलामा एकादशी, माघेसंक्रान्ति, बालाचतुर्दशी, शिवरात्री लगायतका पर्वहरुमा विशेष पुजाआजा हुने गर्दछ ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"