ताजा अपडेट :

प्रजिअ सहितको टोलि दक्षिण पर्वतमा

प्रजिअ सहितको टोलि दक्षिण पर्वतमा
मंसिर १९ ,पर्वत
पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी सहितको टोली दक्षिण पर्वतका विभिन्न गाविसको शान्ति सुरक्षा र विकास निर्माणका योजनाहरु अबलोकनका लागि निस्किएको छ । शनिवार विहान सदरमुकामदेखि दक्षिणतर्फ टोलि प्रस्थान गरेको हो । टोलीले बाच्छा गाविसमा विभिन्न विकास निर्माणका योजनाहरु अबलोकन गर्नुका साथै स्थानिय शान्ति सुरक्षाका वारेमा छलफल गरेको थियो । सो अवसरमा स्थानियवासीहरुले शान्ति सुरक्षा सँगै विकास निर्माणका कामका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मरासिनी, प्रहरी नायब उपरिक्षक शेखर खनाल लगायतले जवाफ दिनुभएको थियो ।
त्यस्तै बेउलीवास गाविसमा पनि सार्वजनिक सुनाई सम्पन्न भएको छ । स्थानियवासी, राजनीतिक दल र नागरिक समाज लगायत सरकोकारवालाहरुको सहभागितामा सार्वजनिक सुनुवाई भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले ग्रामीण क्षेत्रको विकासका लागि स्थानियवासीहरुनै सक्रिय हुनुपर्ने बताउँदै नागरिकलाई शान्ति सुरक्षा र अमनचयन कायम गर्न सँधै सुरक्षा निकाय तयार रहेको बताएका थिए


। उनले ग्रामीण क्षेत्रमा पर्ने जस्तोसुकै समस्या समाधानका लागि जिल्लास्थित सरोकारवाला कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेका थिए । कार्यक्रममा प्रहरी नायब उपरिक्षक शेखर खनाल, खानेपानी तथा सरसफाई डिभीजन कार्यालय पर्वतका प्रमुख प्रेमप्रकाश डोटेलले बोल्नुभएको थियो । उक्त क्षेत्रमा संचालित खानेपानी लगायतका योजनाहरुको बारेमा जिल्ला खानेपानी तथा सरफाई डिभीजन कार्यालयका इन्जिनियर शिवशंकर शाहले जानकारी गराएको राष्ट्रिय अनुसन्धान पर्वतका प्रमुख विष्णु पण्डितले जानकारी दिनुभएको छ ।


 

 

प्रमुख समाचार

भिडियो संग्रह