ताजा अपडेट :

क्षेत्र विकास कोषको रकम बाँडफाँड

क्षेत्र विकास कोषको रकम बाँडफाँड

मङ्सिर १८, पर्वत

पर्वत जिल्लाका सांसदहरुमार्फत भित्रिने बजेट बाँडफाँड गर्न थालिएको छ । जिल्लाका दुई प्रत्यक्ष र एक समानुपातिक सांसद मार्फत भित्रिने साढे ७ करोड रुपैया दुईवटै निर्वाचन क्षेत्रका पुर्वाधार विशेष कार्यक्रम र सांसद विकास कोषको रकम विभिन्न साना योजनामा बाँडफाँड हुन थालेको छ । क्षेत्र नं. २ का साांसद विकास लम्साल मार्फत भित्रिएको रकम बुधवार जिल्ला विकास समितिमा बसेको वैठकले वाँडफाँड गरी टुंगो लगाएको छ । जस अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको तीन करोड रुपैयाँ मध्ये १ करोड ३० लाख रुपैया सडक पूर्वाधारमा, ५० लाख रुपैया शिक्षा क्षेत्रमा, सामुदायिक भवन तथा धार्मिक सांस्कृतिक पूर्वाधार निर्माणका लागि ३० लाख रुपैया बिनीयोजन गरिएको छ । त्यस्तै सिंचाई योजनाका लागि ११ लाख, सञ्चार पूर्वाधारका लागि १० लाख, कृषि र पशु क्षेत्रको विकासका लागि ३० लाख, खानेपानी योजनामा १० लाख र कन्टेन्जेन्सीको ९ लाख बिनीयोजन गरिएको छ ।


न्यूनतम १० लाख रुपैया भन्दा कम लागतमा योजनामा बजेट छुट्टाउन नमिल्ने भनेर देखिनेगरी कागजमा छुट्टाइएपनि योजनागत भने बिनीयोजन गरिएको छैन। त्यस्तै सांसद विकास कोषको ५० लाख रुपैया मध्ये पञ्चे बाजा संरक्षण्का लागि ५ लाख, बृद्ध बृद्धा तथा जेष्ठ नागरिक सम्मानका लागि १० लाख, युवा लक्षित कार्यक्रमका लागि ५ लाख रुपैया बिनीयोजन गरिएको छ । त्यसैगरी महिला लक्षित कार्यक्रमका लागि पाँच लाख, पाङ्गराङ्गको एम्बुलेन्स मर्मतका लागि २ लाख, दैविप्रकोप उद्धार कार्यक्रम पूर्वाधारका लागि २ लाख, अपाङ्ग असक्त शसक्तिकरण कार्यक्रमका लागि २ लाख, बालबालिका लक्षित कार्यक्रमका लागि १ लाख, आरन सुधारका लागि २ लाख रुपैया बिनीयोजन गरिएको सांसद विकास लम्सालले जानकारी दिए

 

। त्यस्तै होमस्टे प्रवद्र्धन गर्नका लागि १ लाख ५० हजार, पर्वत महोत्सवका लागि ५० हजार, रेडियो पर्वतकालागि १ लाख ५० हजार, रेडियो सत्यवाणीका लागि १ लाख ५० हजार, रेडियो आबाज चिसापानीका लागि १ लाख ५० हजार रुपैया बिनीयोजन गरिएको छ । संचालनमै नआएका रेडियोको पूर्वाधार निर्माणका लागि ३ लाख बिनियोजन भएको हो । त्यस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रमको वृत्तचित्र निर्माणका लागि तीन लाख रुपैया बिनीयोजन गरिएको सांसद लम्सालले जानकारी दिए ।

 

यता क्षेत्र नं. १ का सांसद अर्जुनप्रसाद जोशीमार्फत भित्रिने बजेट भने अब एक साता भित्र वाँडफाँड सकिने भएको छ । अहिले योजनाहरु संकलन गर्ने काम भैरहेको र केहि दिनमै सांसद र सरोकारवाला कार्यालयका प्रमुखहरुसहितको बैठक टुंगो लगाउने जोशीका स्वकिय सचिब बरदान पौडेलले जानकारी दिए ।


त्यस्तै समानुपातिक सांसद कल्पना चापागाईले पनि मंसिर मसान्तभित्र रकम बिनीयोजन गर्ने योजना रहेको बताए ।  उनले गाउँ गाउँदेखि योजनाहरुको चाङ्ग लागेको तर सवैको सहमतिमा बढि प्रभाव पार्ने क्षेत्रमा रकम बिनीयोजन गर्ने सोच बनाएको जानकारी दिए । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको रकम वर्सेनि फ्रिज तथा दुरुपयोग भएको गुनासो आइरहेका बेला सांसदहरुले बिबेक पु¥याएर आवश्यक देखिएका ठाउँमा मात्र रकम बिनीयोजन गर्नुपर्ने सुझाव सरोकारवाला कार्यालयकै प्रमुखहरुले दिएका छन् ।

प्रमुख समाचार

भिडियो संग्रह