ताजा अपडेट :

पर्वतका उन्नाईस व्यक्तिमा एचआईभी सङक्रमण

 

 

पर्वतका उन्नाईस व्यक्तिमा एचआईभी सङक्रमण

पर्वत मङ्सिर १४
एचआईभी एड्सबाट पर्वत जिल्लामा १९ जना संक्रमित रहेको पाईएको छ ।
 ती मध्ये ७ जना पुरुष, ८ जना महिलामा एड्स संक्रमण देखिएको हो । एड्स संक्रमित हुने बालबालिकाको सख्या भने ३ रहेको छ । जिल्ला अस्पताल पर्वतले यहि साउन देखि तथ्याङक संकलन अभियान शुरु गरेको छ । संक्रमित रोगीहरुले अहिले निरन्तर निशुल्क औषधी सेवन गरिरहेका छन् । जिल्लामा सबैभन्दा बढि २५ बर्षदेखि ५० बर्षसम्मका पुरुष र महिलामा एचआईभी एड्सको संक्र्रमित देखिएको जिल्ला अस्पाताल पर्वतले जानकारी दिएको छ ।

 

यौनकर्मी महिलासँग असुरक्षित तरिकाले यौन सम्पर्क राख्ने व्यक्तिहरु एचआईभी एड्सबाट बढि सङ्कमित भएको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर फणिन्द्र बरालले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढि प्रवासमा लामो समय बसेर फर्केका व्यक्तिमा एड्सको संक्रमित बढ्दो रुपमा देखिएको छ ।जोखिमयुक्त तरिकाले यौनसम्पर्क राख्दा प्रवासमा एड्सको संक्र्रमण भएको र घरमा रहेका श्रीमती र बालबालिकाहरुलाई उनीहरुले नै एड्सको संक्रमण गराएकोे उहाँको भनाई छ ।


 एचआइभी एड्सको संक्रमण रोक्नका लागि जनचेतना बढ्दै जानुपर्ने बरालले बताउनु भयो ।जिल्लामा एड्सको सङक्रमण दर बढ्दै गएको देखिएकाले यसलाई न्यूनिकरण गर्नका लागि चेकजाँच सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्न आवश्यक रहेको बरालको भनाई छ ।

प्रमुख समाचार

भिडियो संग्रह