ताजा अपडेट :

मृतक पौडेलको परिवारलाई ग्राहक दुर्घटना विमा

मृतक पौडेलको परिवारलाई ग्राहक दुर्घटना विमा
पर्वत मङ्सिर १४
पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित देव विकास बैंकले दुर्घटनामा परी ज्यान गुमाएका मृतक ग्राहकको परिवारलाई दुर्घटना विमा प्रदान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी बैंकको शाखाले विमा स्वरुपको रकम मृतक सन्तोष पौडेलको परिवारलाई हस्तान्तरण गरेको हो ।


शाखा कार्यालय पर्वतका प्रबन्धक केदारनाथ आचार्यले दिएको जानकारी अनुसार बैंकका निक्षेप कर्ता पकुवा ७ पर्वत घर भई हाल कुश्मा नगरपालिका ११ मा बसोबास गर्दै आएका मृतक सन्तोष पौडेलको परिवारलाई विमा स्वरुपको रु १ लाख रकम चेकमार्फत प्रदान गरेको हो । रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष समेत रहेका पौडेलको गत जेठ २८ गते मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको थियो । पोखरा बाग्लुङ्ग राजमार्गको हेम्जामा ग १ ख ४३५४ को टिप्परले ध १ प १९४७ को मोटरसाईकल लाई ठक्कर दिदा पौडेलको मृत्यु भएको थियो ।


सोमबार जिल्ला प्रशासन कार्यालय पर्वतमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासेनी मार्फत मृतक पौडेलकी धर्मपत्नी सर्मिला बराललाई उक्त रकम चेकमार्फत हस्तान्तरण गरिएको हो । यस अघि शाखा स्थापना पश्चात् कुश्मा बजारकै मृतक राजन पौडेलको परिवारलाई दुर्घटना विमा बापतको रकम १ लाख रुपैँया बैंकले प्रदान गरेको थियो ।

 

प्रमुख समाचार

भिडियो संग्रह