ताजा अपडेट :

गलेश्वरमा पितृ उद्धारका लागि शतबीज छर्नेको घुइँचो

गलेश्वरमा पितृ उद्धारका लागि शतबीज छर्नेको घुइँचो

मङ्सिर १४ म्याग्दी
मङ्सिर कृष्ण चतुर्दशीका अवसरमा मंगलबार बिहानैदेखि म्याग्दीको गलेश्वरमा शतबीज छर्नका लागि झक्तजनको घुइँचो लागेको थियो ।बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने गरिन्छ । द्वापरयुगमा सतिदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबीज छर्नका लागि हजाराँै भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।


 कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका बीउ छर्ने प्रचलन रहेको छ । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् ।

प्रमुख समाचार

भिडियो संग्रह