ताजा अपडेट :

निश्क्रीय उद्यमीलाई सक्रिय बनाउन पहल

निश्क्रीय उद्यमीलाई सक्रिय बनाउन पहल
म्याग्दी, १४मंसिर

म्याग्दीमा सिपमुलक तालीम लिएर निश्त्रिय भएका उद्यमीहरुलाई सक्रिय बनाउन पहल थालीएको छ ।
    सरकारी निकाय र विभिन्न संघ संस्थाले दिने सिपमुलक तालीममा सहभागि हुने र उद्यम ब्यवसाय नगर्ने समस्या न्युनीकरण गर्न घरेलु तथा साना उद्योग विकास समितिले पहल थालेको हो ।
    तालीममा सहभागि प्रशिक्षार्थीलाई उद्यम ब्यवसायमा सहभागी र सक्रिय बनाउन उनिहरुको समस्या पहिचान, पुराना उद्यमीसंग अनुभव आदानप्रदान, बजारीकरण, पुँजी, प्रबिधिमा पहुँच बढाउन पहल थालीएको समितिका कार्यालय प्रमुख मिरादेवी अधिकारीले बताउनुभयो ।
    यसैक्रममा गत वर्ष पहिलो पटक तालीम लिएका र स्तरउन्नती तालीम लिएर ब्यवसाय गरेका उद्यमी, कार्यालय र बैङ्कका प्रतिनिधिसंग सोमबार अन्तरक्रिया गरिएको छ । कार्यक्रममा ढाका बुनाई, सिलाईकटाई, ब्युटीसियन, अल्लो कपडा, खादा निर्माण र सिलाई मेसीन मर्मत सम्बन्धि तालीम लिएका ३८ जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।
सिपमुलक तालीम लिएकाले हाँसील गरेको प्रगती, व्यवसायमा संलग्न हुन नसक्नुको कारण, समस्या र उनिहरुको आवश्यकता पहिचान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समितिका खरिदार ईन्द्र पौडेलले बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले ब्यवसाय गर्नका लागि थप तालीम, सहुलियतमा ऋण र आधुनिक उपकरणको आवश्यकता तथा बजारीकरणमा सहयोग आवश्यक रहेको बताएका थिए ।
    एकल महिला संघकी अध्यक्ष बिमला गौचन, अगुवा उद्यमी लिलादेवी पुन, डिलु घताने, लघुउद्यमी समूह संघका होमदेवी खत्री, सौन्दर्यकला ब्यवसायी प्र्रमिला जोशीले उद्यम ब्यवसाय सुरु गर्दा विभिन्न कठिनाई भएपनि निरन्तरता दिएमा सफलता पाइने अनुभव सुनाउनुभएको थियो ।
    नेपाल बैङ्क लिमिटेड म्याग्दी शाखाका प्रबन्धक रमेश न्यौपानेले धितो भएको अवस्थामा बैङ्क तथा वित्तिय संस्थाले समेत उद्यमीहरुलाई लगानी गर्न प्राथमिकता दिने बताउदै धितो नभएको अवस्थामा लघुवित्त कम्पनी र सहकारीबाट ऋण लिएर ब्यवसाय गर्न सकिने सुझाव दिनुभयो ।
    घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख अधिकारीले पहिले तालीम लिएर ब्यवसाय सुरु गरेकाको क्षमत्ता अभिवृद्धी र स्तरउन्नतीका लागि थप तालीम, अनुदानमा उपकरण सहयोग जस्ता कार्यक्रम रहेको जानकारी दिनुभयो ।

प्रमुख समाचार

भिडियो संग्रह