- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
दाताको सहयोगमा भुकम्प प्रभावित विद्यालयको पुर्ननिर्माण
दाताको सहयोगमा भुकम्प प्रभावित विद्यालयको पुर्ननिर्माण
मङ्सिर ८ पर्वत
२०७२ साल वैशाख १२ गतेको भुकम्पले पुर्ण रुपमा भत्किएको यहाँको एक विद्यालय दाताको सहयोगमा पुर्ननिर्माण शुरु भएको छ ।
पर्वतको राम्जादेउराली गाविसमा रहेको पशुपती उच्च माविको भवनको पुर्ननिर्माण शुरु गरिएको हो । भुकम्पले विद्यालयका १६ वटा कक्षाकोठाा पुर्ण रुपमा भत्किएका थिए । भुकम्पले विद्यालयका सवै भवन भत्किएपछि खुल्ला आकासमुखि पढ्न बाध्य भएका विद्यार्थीहरुलाई भुकम्प प्रतिरोधी भवनमा राखेर पढाउने उद्धेश्यले १० कोठे दुई तले पक्की भवन निर्माण गर्न थालिएको हो । जिल्ला शिक्षा कार्यालय पर्वतको ४८ लाख, केयर फर नेपाल नामक संस्थाको ४९ लाख, तिनचुली नेपाल संस्थाको ३५ लाख र युनिसेफको ३५ लाख रुपैया तथा विद्यालयको २ लाख रुपैया गरी १ करोड ७० लाखको लागतमा पुर्ननिर्माणको काम शुरु भएको हो ।
अहिले भवनको निर्माण कार्य शुरु भएको छ । आगामी एक वर्ष भित्रमा सम्पन्न गर्नेगरी निर्माणकार्य शुरु गरिएको विद्यालयका प्राचार्य गोविन्दप्रसाद शर्माले जानकारी दिए । यस वाहेक भुतपुर्व विद्यार्थीले भुकम्प पछिको तत्काललाई अस्थायी टहरा निर्माण गर्न तथा फनिर्चर व्यवस्थापन र अन्य भौतिक पूर्वाधार निर्माण गर्नका लागि ४२ लाख रुपैया समेत संकलन गरेका छन् । पुर्ण रुपमा क्षति भएको विद्यालयमा अहिले अस्थायी टहरा तथा बाँकी रहेका भवनहरुलाई सामान्य मर्मत गरेर पठनपाठन संचालन गरिएको प्राचार्य शर्माले जानकारी दिए । कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालयमा अहिले साढे पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन् । उच्च माविमा मात्रै ९५ जना विद्यार्थी रहेका छन् । झण्डै ६ दशक अघि बनेका भवनहरु जीर्ण र गुणस्तरीय रुपमा निर्माण नगरिएका कारण पनि भत्किएका हुन् ।
आफुले दैनिकजसो पठनपाठन गर्ने विद्यालय बिनासकारी भुकम्पले भत्किएपछि मनोवैज्ञानिक असर परेका विद्यार्थीहरु भुकम्प प्रतिरोधी भवन निर्माण हुन थालेपछि हर्षित बनेका छन् । पछिल्लो समय युरोपियन यूनियन मानव सहायता परियोजनाको सहयोग तथा प्लान नेपाल र इन्प्रेड नेपाल पर्वतको सहयोगको समन्वयमा भुकम्प सुरक्षा सम्वन्धी सचेतना अभियान समेत संचालन भएको विद्यालयमा विद्यार्थी, शिक्षक तथा अन्य अभिभावकहरुको समेत समन्वयमा भुकम्प प्रतिरोधी भवन निर्माणकार्य थालिएको हो । भुकम्प सुरक्षाका कारण विद्यार्थी तथा शिक्षकहरु सुसुचित भैसकेको बेला विद्यालयमा निर्माण हुन थालेको भुकम्प प्रतिरोधी भवनले गाउँका अन्य वासीन्दाहरुलाई पनि सिकाई बन्न थालेका छ ।
शनिवारको दिन परेकाले मानविय क्षति हुन पाएन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनाथ शर्माले भने विद्यालयमा भवन परिवर्तन गर्नुपर्ने नै थियो भुकम्पका कारण छिटै परिवर्तन गर्न अवसर जुट्यो । पुर्ननिर्माणका लागि विभिन्न दाताहरुबाट पर्याप्त सहयोग पाएपछि भुपु विद्यार्थीवाट संकलन गरिएको रकमले विद्यालयमा इलाईब्रेरी समेत संचालन गरिएको छ । विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र नभई प्राविधिक र सूचना प्रविधिबारे पनि सुसुचित गराउने उद्धेश्यले झण्डै डेढ दर्जन कम्प्युटरबाट नियमित पठनपाठन शुरु गरिएको हो ।
पर्वतका झण्डै एक दर्जन विद्यालय भुकम्प वाट पुर्ण रुपमा क्षति भएको भएपनि आर्थिक अभावका कारण अन्य विद्यालयहरुभने पुर्ननिर्माण तथा मर्मत हुन सकेका छैनन । अधिकांस विद्यालयका विद्यार्थीहरु अहिलेपनि जोखिमपुर्ण अवस्थामा पढ्न बाध्य भएका छन् ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"