ताजा अपडेट :

जिल्ला अधिवेशन आगामी चैतमा

जिल्ला अधिवेशन आगामी चैतमा  
मङ्सिर ८ , म्याग्दी
नेकपा (एमाले) म्याग्दीको नवौँ जिल्ला अधिवेशन आगामी चैतमा हुने भएको छ ।     सोमबार बेनीमा पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न जिल्ला कमिटी बैठकले चैत ४ र ५ गते बेनीमा पार्टीको नवाँै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।     एमाले स्थायी समिति सदस्य एवम् प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङको प्रमुख आतिथ्यमा भएको बैठकले पार्टीको केन्द्रीय अभियानअन्तर्गत जिल्लामा पनि पार्टीको सङ्गठन निर्माण र परिचालनको लागि चार महिने गाउँ अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले म्याग्दीले जनाएको छ । नयाँ संविधानको कार्यान्वयन र सङ्घीयताको विषयमा समेत जनतालाई जानकारी गराउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको बताइएको छ ।


 बैठकले गाउँ अभियानपश्चात फागुन १४ गते बाबियाचौर र १६ गते पोखरेबगरमा क्षेत्रीय आमसभा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकमा प्रदेश नम्बर ४ का सहसंयोजक तथा पोलिटब्युरो सदस्य गणेश तिमल्सिना, प्रदेश सचिव तथा वैकल्पिक पोलिटब्युरो सदस्य जगत विश्वकर्मा, वैकल्पिक केन्द्रीय सदस्य एवम् म्याग्दी इन्चार्ज भूपेन्द्र थापालगायत सांसदद्वय नवराज शर्मा र नरदेवी पुनको समेत उपस्थिति रहेको थियो ।

प्रमुख समाचार

भिडियो संग्रह