ताजा अपडेट :

पर्वतमा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या २७ प्रतिशत

पर्वतमा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या २७ प्रतिशत


असोज ३ पर्वत

पर्वत जिल्लामा आधुनिक परिवार नियोजन साधन प्रयोग गर्नेको संख्या जम्मा २७ प्रतिशत रहेको छ ।

पश्चिमाञ्चल क्षेत्रमा आधुनिक परिवार नियोजनका साधनहरु प्रयोग गर्नेकोसंख्या ३५ प्रतिशत मात्रै रहेको अवस्थामा पर्वतमा जम्मा २७ प्रतिशतले मात्र प्रयोग गर्न थालेका हुन् । पछिल्लो समयमा औषधी पसलहरुबाटै आकम्मिक गर्भपतनका औषधी प्रयोग गर्नेहरुको संख्या बढेपछि परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्ने र सुरक्षित गर्भपतन गराउनेको संख्या घटेको हो ।

तेस्रो परिवार नियोजन दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय पर्वतले परिवार परिवार नियोजनप्रति ज्ञान भएपनि प्रयोगमा नल्याउँदा यसको प्रयोगको मात्रा बढ्न नसकेको हो ।


कण्डम, पिल्स, डिपो, आइयुसिडी, इम्प्लान्ट, भ्यासेक्टोमी, मिनिल्याप जस्ता परिवार नियोजनका साधन प्रयोगको दर विगतका वर्षका तुलनामा भने क्रमश बढ्दै गएको छ ।

 

गत वर्ष जिलामा २६ प्रतिशत रहेकोमा यस वर्ष बढेर २७ प्रतिशत पुगेको जिल्ला अस्पतालका मेडिकल अधिृकत डाक्टर सरोज दाहालले जानकारी दिनुभयो । महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाको सहकार्यमा आयोजना गरेको कार्यक्रममा पछिल्लो समयमा गर्भधारण भएपछि आकम्मिक गर्भपतनका साधनहरुको प्रयोग गर्नेको संख्या भने बढेको देखाइएको हो । डाक्टर दाहालले समग्र पर्वत र नेपालमा परिवार नियोजनका साधनहरुको प्रयोगको अवस्थामा बारेमा जानकारी गराउनुभएको थियो ।

 

पर्याप्त प्रचार प्रसार भएपनि यौन जोडीहरुले विभिन्न कारणले प्रयोग गर्न हिच्किचाउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर फणिन्द्र बरालले जानकारी दिनुभयो । उहाँका अनुसार विगतका वर्षहरुको तुलनामा भने क्रमस यसको प्रयोगको दर बढ्दै गएको हो । कतिपयले प्राकृतिक रुपमै गर्भ नरहने तरिका अपनाउँदा पनि यसको प्रयोगमा चासो नदेखाएको पाईको छ । अहिले निजि, गैरसकारी र सरकारी तबरवाट समेत अस्थायि साधनहरु उपलव्ध हुने भएकाले पनि यसको यकिन तथ्यांक आउन नसकेको डाक्टर बरालले बताउनुभयो ।

 

अस्थायी साधनको प्रयोग नगर्ने तर गर्भधारण रोक्न ७२ घण्टे औषधीको प्रयोग गर्नेहरु अत्याधिक मात्रामा बढेको पाइएको छ । यस्तो औषधीको बारम्बार प्रयोग गर्दा महिलाको स्वास्थ्य र प्रजनन क्षमतामा समेत गम्भीर असर छ ।

 

‘यस्ता साधनको प्रयोग अनिच्छीत गर्भ रहँदा एक वा दुई पटक सम्म प्रयोग गर्दा राम्रो ’ उहाँले भन्नुभयो ‘पटक पटक प्रयोग गर्दा यसले महिलाको स्वास्थ्य र प्रजनन शक्तिमा ह्रास आउन सक्छ’ यस्ता औषधीहरुमा हर्मोनको प्रयोग गरिएकाले बाँझोपन बढाउने र अन्य स्वास्थ्य समस्या निम्ताउने खतरा रहन्छ । बजारमा इकोन लगायतका यौन सम्पर्क गरेपछि ७२ घण्टा  भित्र सेवन गर्दा गर्भ नरहने औषधीहरु बिक्री हुने गरेका छन । बिबाहित महिला मात्रै नभई युवतीहरुले समेत यस्ता औषधीको प्रयोग गर्दै आएका छन ।

 

गर्भधारणबाट बच्न यस्ता औषधी प्रयोग गर्नुभन्दा गर्भधारण हुनबाट रोक्ने कण्डोम, पिल्स, डिपीटी, कपरटि, संगिनी सुईहरुको प्रयोग गर्नु उपयुक्त हुने स्वास्थयकर्मीको भनाई छ । गर्भधारण भएमा ९ हस्ता सम्ममा अस्पताल, मेरिस्टोप्स जस्ता संस्थामा पुगेर सुरक्षित गर्भपतन समेत गराउन सकिन्छ । यसले कम जोखिम ल्याउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नारायण ओझाले बताउनुभयो ।

यसैबिच कार्यालयले आयोजना गरेको परिवार नियोजन सम्बन्धी अन्तरकृयामा अस्थायी साधन प्रयोग गर्नेको संख्या बढाउने, स्थायी बन्ध्याकरण बढाउने, कम उमेरमै बिबाह गर्ने चलन रोक्ने र जन्मान्तर कामय गराउन सकेमा परिवार नियोजनका समस्या समाधान गर्न सकिने धारणा राखिएको थियो ।

कार्यक्रममा स्वागत बिजय विक र संचालन तेजप्रसाद सुवेदीले गरेका थिए ।

 

प्रमुख समाचार

भिडियो संग्रह