ताजा अपडेट :

वडापत्र तथा बिपद् पुर्ब तयारी प्रतिकार्य

वडापत्र तथा बिपद् पुर्ब तयारी प्रतिकार्य

मङ्सिर ५ पर्वत


पर्बत जिल्लाको एकिकृत नागरिक वडापत्र तथा बिपद् पुर्ब तयारी प्रतिकार्य योजनाको सार्बजनिकिकरण गरिएको छ ।

आईतबार एक कार्यक्रमको बिच प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मराशिनी र स्थानिय बिकास अधिकारी युबराज पौडेल द्धारा उक्त नागरिक वडापत्र तथा बिपद् पुर्ब तयारी तथा प्रतिकार्य योजनाको सार्बजनिकिकरण गरिएको हो । कर्मचारी मिलन केन्द्रले प्रकाशन गरेको नागरिक वडापत्रमा जवाफदेहिता, पारदर्शिता, शुसासन, सहभागिता र कानुनी शासनको बारेमा मुख्यत जोड दिईएको छ । त्यसै गरि जिल्ला दैबि प्रकोप उद्धार समिति पर्बतले प्रकाशन गरेको बिपद् पुर्ब तयारी प्रतिकार्य योजना पुस्तीकामा जिल्लामा बिपद्को अबस्था, बिपद् पुर्ब तयारी तथा क्षेत्रगत अबधारणा लगायतका कुराहरुलाई प्रथामिकतामा राखेर प्रकाशन गरिएकोे छ ।


यसैबिच एक कार्यक्रमका बिच कर्मचारी मिलन केन्द्रले नबआगन्तुक हुलाक अधिकृत अजिता शर्मा र निमित्त कार्यलय प्रमुख महिला बिकास निरिक्षक तारदेबि सुनार लाई स्बागत तथा पर्बतबाट बिदाई भएर जान लाग्नुभएका योजना अनुगमन तथा प्रशासकिय महेश शर्मालाई बिदाई गरेको छ । कर्मचारी मिलन केन्द्र पर्बतका उपाध्यक्ष बिष्णुहरी पण्डित को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनि, सल्लाहाकार स्थानिय बिकास अधिकारी युबराज पौडेल लगायत सम्पुर्ण कार्यलयका प्रमुखहरुको उपस्थिति रहेको थियो उक्त स्बागत तथा बिदाई कार्यक्रमको सञ्चालन कर्मचारी मिलन केन्द्रका सचिब किशोर सुबेदिले गर्नुभएको थियो ।

 

 

 

 

प्रमुख समाचार

भिडियो संग्रह