ताजा अपडेट :

जातिय विभेद गर्नेले माफाी मागे

जातिय विभेद गर्नेले माफाी मागे
मङ्सिर ५ बाग्लुङ
जिल्लाको बोगादोभान गाविस–९ बस्ने ५६ वर्षीय घनबहादुर बोहोराले दलितलाई जातीय विभेद गरेका कारण सार्वजनिक रुपमा माफी मागेका छन् । उनले शुक्रबार बुर्तिबाङबाट घर फर्कने क्रममा बुर्तिबाङ–८ बस्ने सुनमाया विकसँग कुराकानी गर्ने क्रममा दलित भनी अपमानजनक शब्द बोल्दै जातीय विभेद गरेका थिए । सुनमाया विकले निज बोहोराले आफूलाई दलित भनी अपमानजनक शब्द प्रयोग गरि र जातीय विभेद गरेको भन्दै दोषीमाथि कार्वाही गरिपाउँ भनी इलाका प्रहरी कार्यालय बुर्तिबाङमा लिखित उजुरी दिएपछि बोहोराले सार्वजनिक रुपमा माफी मागेका हुन् । छलफलमा दलित अधिकारकर्मी र स्थानीय बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

छलफलपछि दलितमाथि जातीय विभेद गर्ने घनबहादुर बोहोराले जानी–नजानी आफूले जातीय विभेद् गरेकाले अब आइन्दा कोही कसैमाथि छुवाछुत र जातीय विभेद गर्ने छैन भनी सबैसामु माफी मागेपछि लिखित मिलापत्र गरिएको छ । छलफलमा उपस्थित सबैले एक्काइसौं शताब्दीमा आएर पनि जातीय विभेद गर्ने निन्दनीय भएकाले कोही कसैले उस्तो कार्य गर्न नहुने र नपाइने भन्दै निज बोहोरालाई सम्झाएका थिए ।

 

 

प्रमुख समाचार

भिडियो संग्रह