ताजा अपडेट :

ज्येष्ठ नागरिकलाई छुट सुविधा लिन समस्या

ज्येष्ठ नागरिकलाई छुट सुविधा लिन समस्या
मङ्सिर ५ म्याग्दी
परिचयपत्रमा स्पष्ट उल्लेख नहुँदा सरकारले घोषणा गरेको स्वास्थ्य उपचार र यातायातमा छुट सुविधा उपभोग गर्न ज्येष्ठ नागरिकलाई समस्या भएको छ । महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्न थालेपछि उत्साहित भएका म्याग्दीका ज्येष्ठ नागरिकहरू सुविधा पाउन नसक्दा निराश भएका छन् । सरकारले परिचयपत्रका आधारमा यातायात र स्वास्थ्य सेवामा छुट दिने घोषणा गरेको थियो । कार्यालयले हालसम्म म्याग्दीका १२३ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिसकेको छ ।

 साठी वर्ष पूरा उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको २ गते महिला तथा बालबालिका कार्यालयबाट परिचत्रपत्र दिने गरिएको छ । ज्येष्ठ नागरिक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले सुरुमा ५० प्रतिशत छुट भनेर लेखिएको परिचयपत्र वितरण भए पनि पछिल्लो समय छुटमात्र लेखेको परिचयपत्र वितरण भएकामा गुनासो गर्नुभयो । परिचयपत्रमा कति छुट पाउने भन्ने विषयमा स्पष्ट उल्लेख नहुँदा ज्येष्ठ नागरिकलाई सुविधा उपभोग गर्न समस्या भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।    महिला विकास अधिकृत निर्मला शर्माले मन्त्रालयले छुटमात्र लेखेको छाप लगाएर परिचयपत्र वितरण गर्न मौखिक निर्देशन दिएकाले सोहीअनुसार गरिएको प्रतिक्रिया दिनुभयो ।

प्रमुख समाचार

भिडियो संग्रह