ताजा अपडेट :

घारलाई साक्षर गाविस घोषणा

घारलाई साक्षर गाविस घोषणा
मङ्सिर ५ म्याग्दी
    म्याग्दीको घारलाई शनिबार साक्षर गाविस घोषणा गरिएको छ । गाउँ शिक्षा समितिले घारमा आयोजना गरेको एक कार्यक्रममा सो घोषणा गरिएको हो ।     शिक्षा मन्त्रालयले लक्ष्यित जनसङ्ख्याको ९५ प्रतिशतले अङ्क, अक्षर, लेखपढ गर्न सक्ने भएमा साक्षर घोषणा गर्न सकिने व्यवस्था गरेको छ । गाविसमा रहेका ६० वर्षभन्दा कम उमेरका दुई हजार ८०० जनाको ९६.२६ प्रतिशत साक्षर भएपछि घोषणा गरिएको गाविस सचिव बाबुराम शर्माले जानकारी दिनुभयो । यसअघि म्याग्दीको बरञ्जा, मराङ, पात्लेखेत र कुहुलाई साक्षर गाविस घोषणा गरिएको थियो ।
 

प्रमुख समाचार

भिडियो संग्रह