- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वतमा स्थानिय तह निर्धारणमा दलीय सहमति जुटेन सहमति नजुटेको जानकारी केन्द्रमा पठाइयो
पर्वतमा स्थानिय तह निर्धारणमा दलीय सहमति जुटेन सहमति नजुटेको जानकारी केन्द्रमा पठाइयो
मङ्सिर ४ पर्वत
पर्वतमा स्थानिय तह निर्धारणका लागि राजनैतिक सहमति जुटाउने प्रयास बिफल भएको छ ।जिल्लामा क्रियाशिल राजनैतिक दल र जनप्रतिनिधी सहित एक हप्ता देखि जारी निर्णायक छलफल समेत संख्या र भूगोलका बिषयमा सहमति नभएपछि बिना निष्कर्ष टुंगिएको हो । राजनैतिक दल र ब्यबस्थापिका संसदका सदस्यहरु समेत सहमति जुटाउन असफल भएपछि जिल्ला प्राबिधीक समितिले स्थानिय निकाय पुर्नसंरचना आयोगमा निर्णयमा पुग्न नसकेको जानकारी गराएको छ ।
आयोगले कार्तिक २२ भित्र प्रतिबेदन पठाउने समय तोकेपनि राजनैतिक दलका बिचमा सहमति कायम नहुँदा जनप्रतिनिधीलाई राखेर टुंगोमा पुग्ने सहमति भएको थियो । जनप्रतिनिधी सहित कार्तिक २८ देखि निरन्तर जारी छलफलबाट समेत कुनै सहमति कायम नभएपछि आयोगमा सोही ब्यहोरा पठाइएको प्राबिधीक समितिका एक सदस्यले जानकारी दिए । जनप्रतिनिधी र राजनैतिक दलका बिचमा पटक पटक छलफल हुँदा पनि सहमति कायम नभएको लिखित जानकारी गराइएको ती सदस्यले बताए । ‘कुनै पनि हालतमा सहमति कायम नभएपछि त्यही ब्यहोरा केन्द्रंमा पठाइएको छ’ उनले भने –‘अब आयोगले जे भन्छ त्यसकै आधारमा अघि बढ्छौ’
जिल्ला प्राबिधीक समितिका संयोजक तथा स्थानिय बिकास अधिकारी युबराज पौडेलले अझै पनि सहमति जुटाउने प्रयासमा आफुँ रहेको बताए । ‘अहिले सम्मका प्रयासबाट निष्कर्ष निस्कन सकेन’ उनले भने ‘अझै पनि सहमति कायम भए त्यसकै आधारमा निर्णयमा पुग्न सहज हुनेथियो’
आयोगले पर्वतलाई बढीमा ७ र घटीमा ४ वटा स्थानिय तह निर्धारण गरि पठाउन निर्देशन दिएको थियो । यसअघि प्राबिधीक समितिले ६ वटा र राजनैतिक सहमतिमा बैकल्पिक प्रस्ताबको रुपमा ७ वटा स्थानिय तह सिफारिस गरेको थियो । तर पछिल्लो कार्यादेश अनुसार संख्या र केही भूगोलमा नै सहमति कायम हुन सकेको छैन । नेपाली कांग्रेस र ब्यबस्थापिका संसदका सदस्य अर्जुनप्रसाद जोशीले ८ वटा स्थानिय तहको प्रस्ताब गरेका छन । जोशीले प्रस्ताब गरेको कुस्मा नगरपालिकामा आर्थर र ठुलीपोखरी थप्ने प्रस्ताबमा कांग्रेसकै कुस्मा नगरसमितिले असहमति जनाउँदै ती गाबिस थपिएमा नाङ्गलीबाङ्ग र बनौ समेत थप्न माग गर्दै शुक्रबार स्थानिय बिकास अधिकारी युबराज पौडेल संग भेट गरेको छ।
नेकपा(एमाले)ले आयोगले प्रस्ताब गरे अनुसार नै ७ वटा स्थानिय निकाय बनाउनुपर्ने र क्षेत्र न) २ मा एउटा नगरपालिका बनाउने प्रस्ताब गरेको छ । ब्यबस्थापिका संसदका सदस्यहरु बिकास लम्साल र कल्पना चापागाई समेत त्यसमा सहमत भएपनि एमालेका जिल्ला सचिब पदमपाणी शर्मा सहितका नेताहरु भने आठ वटा बनाउनुपर्ने माग गरिरहेका छन । जिल्ला नेतृत्व र साँसदहरु समेत आठ वटालाई बैकल्पिक प्रस्ताब बनाउन तयार देखिएका छन । नेकपा(माओबादी) केन्द्र भने ९ वटा स्थानिय तह बनाउनुपर्ने अडानमा छ । उसका केही नेता तथा कार्यकर्ताहरु पनि आठ वटा बनाउने प्रस्ताबको पक्षमा छन । राप्रपा नेपाल, राप्रपा, नयाँ शक्ति लगायतका साना दलहरु भने पहिले जिल्ला प्राबिधीक समितिले गरेको निर्णय अनुसार ६ वटा नै पठाउन समितिलाई सहमति दिएर फर्केका छन ।
ब्यबस्थापिका संसदका सदस्य अर्जुनप्रसाद जोशीले दलहरुको खिचातानीले सहमित कायम हुन नसकेको बताउँछन । ‘पर्वतमा राजनैतिक सहमति कायम गर्न दलहरुका बिचमा सधै समस्या हुने गरेको छ’ उनले भने ‘स्थानिय तह निर्धारणमा पनि त्यही प्रबृत्ति हाबी भयो’ । नेकपा(एमाले)का उपाध्यक्ष भक्त कुवँरले दलहरुका बिचमा सहमतिको प्रयास सफल नभएपनि प्राबिधीक समितिले एउटा निष्कर्ष निकाल्ने र त्यसमा सहमतिको प्रयास हुने बताउँछन । ‘समितिले एउटा साझा प्रस्ताब तयार पार्छ, त्यसपछि फेरी सहमतिको प्रयास हुन्छ’
आयोगले पहिले दलले गरेको सहमति अनुसारको प्रस्ताबलाई नै साझा प्रस्ताब बनाउने संभावना छ भने पहिले समितिले गरेको ६ वटाको प्रस्ताबलाई पठाउँदै ७ वटालाई बैकल्पिक प्रस्ताब बनाउने संभावना पनि उत्तिकै रहेको बताइन्छ । समितिले आफ्नो प्रस्ताब संगै दलहरुले राखेका प्रस्ताबहरुलाइै बैकल्पिक प्रस्ताबको रुपमा पठाएमा दलहरुका बिचमाच सहमति कायम हुने संभावना रहेको जानकारहरु बताउँछन ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"