ताजा अपडेट :

बाच्छा स्वास्थ चौकी लाई स्थानीए बासीन्दाले दिए लाखौँ रकम को जग्गा

बाच्छा  स्वास्थ चौकी लाई स्थानीए बासीन्दाले दिए लाखौँ रकम को जग्गा

 मङ्सिर ४ पर्वत

पर्वत जिल्लाको बाच्छा गाविसका स्थानियले स्वास्थ्य चौकीका लागि करिब १५ लाख ६० हजार बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन ।

नेपाल सरकारको नयाँ स्वास्थ्य चौकी भवन निर्माण गर्न करिब ४ रोपनी जग्गा आवश्यक पर्ने प्रावधानका कारण नयाँ स्वास्थ्य चौकी भवन निर्माणका लागि ५ रोपनी ३ आना भन्दा बढी जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएका हुन ।
 उक्त गाबिसका समाज ९ जना सेवी व्यक्तिहरु बाट स्वास्थ्य चौकीलाई करिब १५ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको जग्गा निःशुल्क प्राप्त भएको बाच्छा  स्वास्थ चौकीका अ.हे.ब. खिम प्रसाद कोईरालाले जानकारी दिनुभयो ।
बाच्छा गाबिसका वडा नं.८ मा बसोबास गर्ने भुवन सिंह,हेमान सिंह,राम प्रसाद गुरुङ, दिलिप गुरुङ, मेख बा. गुरुङ, रत्न बा. गुरुङ,भिम प्रसाद गुरुङ र वडा नं. ७ स्थित नेत्र बा. गुरुङ र रमेश गुरुङ ले
उक्त जग्गा स्वास्थ्य संस्थालाई निःशुल्क प्रदान गर्नुभएको हो ।
‘स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा सहज पहुँच होस भन्ने हेतुले आफुहरुले स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा दान गरेको जग्गादाता राम प्रसाद गुरुङले बताउनुभयो । जग्गा उपलब्ध भए पश्चात अब बाच्छा स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवन निर्माण कार्यका लागि प्रक्रिया अगाडि बढाईएको बताइएको छ । जिल्लाका बिभिन्न गाबिसहरुमा स्वास्थ्य चौकीको भवन निर्माण भईसकेका र केही निर्माणाधिन अवस्थामा रहेका छन् । अन्य गाबिसहरुमा भवन निर्माण गरिसकिएको र यसवर्ष पनि केही नयाँ भवनका लागि स्वास्थ्य सेवा विभागमा पहल थालिएको पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले जानकारी दिनुभयो ।

 

प्रमुख समाचार

भिडियो संग्रह