- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
छ सय उद्योग अवैध
छ सय उद्योग अवैध
आश्विन १ म्याग्दि ।
समयमै नवीकरण नगर्दा जिल्लाका ६५३ भन्दा बढी उद्योग र व्यावसायिक फार्म अवैध भएका छन् । नवीकरण गर्ने म्याद गुज्रिएका ६५३ वटा उद्योग र फार्मको जरिवाना तिरेरसमेत नवीकरण गर्न नसकिने अवस्थामा रहेका घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । म्याद सकिएपछि नवीकरण गर्ने नीतिगत व्यवस्थाको अभावमा २२२ वटा उद्योग र ४३० वटा व्यावसायिक फार्म कानुनी हिसाबले अवैध भएका हुन् । दर्ता भएको पाँच वर्षमा पहिलोपटक र त्यसपछि दुई दुई वर्षमा नवीकरण गर्नुपर्ने नीतिगत व्यवस्था छ । निर्धारित समयपछि १३ महिनासम्म दोब्बर र तेब्बर जरिवाना दस्तुर तिरेर नवीकरण गर्न सकिन्छ । सो म्याद सकिएपछि नवीकरण गर्ने विषयमा नीतिगत व्यवस्था नहुँदा उद्योगी व्यवसायी समस्यामा परेका घरेलु उद्योग महासङ्घ म्याग्दीका अध्यक्ष लीलाराम गौतमले बताउनुभयो । उद्योग र फार्म दर्ता गरेपछि नवीकरण गर्नुपर्छ भन्ने चेतनाको कमी, नीतिगत व्यवस्थाका बारेमा जानकारी नहुनु, सूचना नपाउनुजस्ता कारणले म्याद सकिएपछि जरिवाना तिरेर पनि नवीकरण गर्न नपाउँदा कानुनी हिसाबले व्यवसायीलाई समस्या परेको गौतमको भनाइ छ । अर्कोतर्फ राज्यको लाखाँै राजस्व गुमेको छ । घरेलु उद्योग विकास समितिका खरिदार इन्द्र पौडेलले उद्योग र फार्म खारेज नगरेसम्म सञ्चालन भइरहेको, आम्दानी पनि गरेको तर राजस्व छली गरेको देखिने बताउनुभयो । “खारेज नगरेसम्म फार्म चलिरहेको छ भन्ने बुझिन्छ”, पौडेलले भन्नुभयो – “म्याद गुज्रिएपछि नवीकरण गर्ने नीतिगत व्यवस्था नहुँदा समस्या भएको छ ।”
उद्योग र फार्म दर्ता खारेज गर्न आन्तरिक राजस्व कार्यालयबाट सकारात्मक प्रतिक्रियासहितको सिफारिस आवश्यक पर्छ । वैदेशिक रोजगारी, बैंकबाट कर्जा सुविधा लिन र उद्योग वाणिज्य सङ्घको चुनावी प्रयोजनका लागि उद्योग, फार्म दर्ता गर्ने तर नवीकरण र बन्द गर्न ध्यान नदिँदा समस्या उत्पन्न भएको व्यवसायीले बताएका छन् ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले म्याद गुज्रिएका उद्योग र फार्मको नवीकरणका लागि नीतिगत व्यवस्था संशोधन गर्न उद्योग मन्त्रालयलाई दबाब दिइएको बताउनुभयो । घरेलु तथा साना उद्योग विकास समितिमा हाल एक हजार ४४३ उद्योग र एक हजार ५३६ वाणिज्य फार्म दर्ता भएका छन् । करिब रु छ अर्ब लगानी भएको घरेलु तथा साना उद्योग र फार्ममा पाँच हजार ८५० जनाले रोजगारी पाएका छन् ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"