ताजा अपडेट :

कालीगण्डकीमा ¥याफ्टिङ गर्ने पर्यटकलाई शौचालयको सास्ती

कालीगण्डकीमा ¥याफ्टिङ गर्ने पर्यटकलाई शौचालयको सास्ती
पर्वत ,३मङ्सिर
कालीगण्डकी नदीमा ¥याफ्टिङ(जलयात्रा)को मज्जा लिन बर्षेनी हजारौ बिदेशी पर्यटक आउँछन् । जिल्ला विकास समिति पर्वतले ¥याफ्टिङका लागि आउने ती पर्यटकबाट प्रतिबोट कर असुली गर्दै आएको छ । तर, ¥याफ्टिङ सुरु हुने स्थलमा ब्यवस्थित शौचालयको अभाव र जथाभावी फ्याकिएका फोहोरले बिदेशी पर्यटकले असन्तुष्टि जनाएका छन् ।
कालीगण्डकीमा पर्वतको पाङस्थित नयाँपुलबाट ¥याफ्टिङ यात्रा सुरु हुन्छ तर, त्यहाँ बनभोजमा आउने समुहले अत्यधिक फोहोर गराएर छाड्दा बिदेशी पर्यटक असन्तुष्ट भएका हुन । ‘¥याफ्टिङको मज्जा लिन आएका हामीलाई सुरुमै यस्तो जथाभावी फोहोर देख्नुपर्दा दुःखी बनायो’ इजरायली नागरिक असाफ अलोनीले भन्नुभयो–‘अब आउनेले यस्तो देख्न नपरोस् ।’
उहाँले फोहोरसँगै ब्यवस्थित शौचालय र पिउनेपानीको ब्यवस्थापन भएमा निकै राम्रो हुने बताउनुभयो । ‘¥याफ्टिङ गर्नुपूर्व हामी एक घण्टा त्यहाँ (नयाँपुल) बितायौ तर त्यहाँ न सरसफाई थियो, न शौचालय र पानी’ असाफले भने । उनले आफुले नेपालको सिस्टम नबुझेपनि शौचालय र पानीको ब्यवस्थापन भएमा आफुजस्तै ¥याफ्टिङका लागि आउने धेरैलाई सहज हुने बताउनुभयो ।
असाफजस्तै अन्य पर्यटकले पनि जथाभावी फोहोर र शौचालय नभएकोमा दुःख मनाउ गरेका छन् । रिभर गाइड ज्ञानु तिवारीले ¥याफ्टिङ गर्नुपुर्व तयारी गर्ने नयाँपुलमा शौचालय र खानेपानीको निकै समस्या भएको गुनासो गर्नुभयो । ‘बास बस्ने ठाउँमा हामी आफै ट्वाइलेटको ब्यवस्थापन गर्छौ तर नयाँपुलमा ट्वाइलेट र खानेपानीको ब्यवस्थापन मिलाउन निकै नै आवश्यक छ’ उहाँले भन्नुभयो ।
उहाँले जिल्ला विकास समिति पर्वतले ¥याफ्टिङ ब्यवसायीबाट कर उठाएपनि देखिएका समस्या समाधान गर्न चासो नदेखाएको बताउनुभयो । ‘कालीगण्डकीमा ¥याफ्टिङ पर्वतकै पहिचान हो भनेर सम्बन्धित निकायले चासो देखाए राम्रो हुने थियो’ उहाँले भन्नुभयो । शौचालय अभावले अहिले नयाँपुलमा पुगेपछि पर्यटकहरु पाखोक्षेत्रमा दौडन बाध्य छन् । ‘शौचालय मात्रै निर्माण हुने हो भने कालीगण्डकी नदीमा ¥याफ्टिङका लागि अझै बिदेशी आकर्षक हुने थिए’ रिभर गाइड होमबहादुर पुनले भन्नुभयो  ।
¥याफ्टिङ सुरु हुने नयाँ पुलमा बनभोजका लागि पर्वतको कुश्मा, बागलुङ र बेनीसम्मका विभिन्न समुह आउने गरेका छन् । बनभोजमा मनोरञ्जन लिन आएका उनीहरुले आफुहरुले बनाएको फोहोर त्यसै छाड्ने गरेका छन् ।

 

प्रमुख समाचार

भिडियो संग्रह