ताजा अपडेट :

महोत्सवमा करिब रु डेढ करोड सङ्कलन

महोत्सवमा करिब रु डेढ करोड सङ्कलन
मङ्सिर२, म्याग्दी
म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालित धार्मिक तथा शैक्षिक महोत्सवको छैटौँ दिनसम्म करिब साढे एक करोड रुपैयाँ सङ्कलन भएको छ ।
    क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन र प्राविधिक शिक्षा थप गर्ने उद्देश्यले आयोजित महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञको मङ्गलबारसम्म कुल रु एक करोड ४५ लाख ५६ हजार पाँच आर्थिक सङ्कलन गरिएको हो ।


    महोत्सवको छैटौँ दिन मङ्गलबार मात्रै रु ५९ लाख दुई हजार आर्थिक सङ्कलन भएको महायज्ञका लेखा व्यवस्थापन उपसमितिका संयोजक कृष्णबहादुर थापाले जानकारी दिनुभयो । छैटौँ दिनमा सबैभन्दा धेरै जिल्ला विकास समिति म्याग्दीले रु २५ लाख सहयोग गरेको छ ।     त्यसैगरी, पर्वतको धाइरिङ घर भई हाल बेलायतमा व्यवसाय गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का युरोप संयोजक कुल आचार्यले रु दुई लाख ५१ हजार १५१ सहयोग गर्नुभएको छ । उक्त शैक्षिक महोत्सव तथा धार्मिक महायज्ञमा प्रमुख कथावाचक पण्डित दिनबन्धु पोखरेल र सहवाचक ध्रुवशरण बस्यालले कथावाचन गर्नुभएको छ ।

गत बिहीबारदेखि सुरु भएको महायज्ञ आउँदो मङ्सिर २ गतेसम्म सञ्चालन हुने र त्यसबाट झन्डै रु पाँच करोड आर्थिक सङ्कलन गरिने लक्ष्य लिइएको छ ।     जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन र प्राविधिक शिक्षा थप गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएपछि स्वदेश तथा विदेशमा रहेका जिल्लावासीले सहयोग गर्ने क्रम बढेको छ

प्रमुख समाचार

भिडियो संग्रह