ताजा अपडेट :

पर्वतको स्थानिय निकाय पुर्नसंरचना गर्न छलफल जारी नेताहरुबीच सहमतिको प्रयास

पर्वतको स्थानिय निकाय पुर्नसंरचना गर्न छलफल जारी नेताहरुबीच सहमतिको प्रयास
कार्तिक २९,पर्वत
स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले जिल्लाबाट स्थानीय तहको संख्या सिफारिस गर्ने अन्तिम मिति सकिएपछि  पर्वतमा टुंगोमा पु¥याउन जनप्रतिनिधी सहितको निर्णायक छलफल शुरु भएको छ ।जिल्ला प्राबिधीक समिति पर्वतको आयोजनामा  स्थानिय तह निर्धारण गरि सिफारिस गर्न  जिल्लाबाट ब्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधी सहितको निर्णायक छलफल शुरु भएको हो । छलफलमा राजनैतिक दलका प्रमुख, प्रतिनिधी तथा प्राबिधीक समितिका सदस्यहरु सहभागि छन ।


लामो समय बिति सक्दा पनि निर्णय हुन नसकेपछि ब्यबस्थापिका संसदका सदस्यहरु अर्जुनप्रसाद जोशी, बिकास लम्साल र कल्पना चापागाईको उपस्थितिमा टुंगोमा पुग्ने भन्दै रोकिएको थियो । निर्णयक छलफल भनिएपछि दिउँसो केही बेर बसेर साँझ स्थगित भएको छ। जिल्ला बिकास समितिमा छलफल शुरु हुने बिक्तिकै पञ्चासे डहरे गाउँ पालिका बनाउन माग गर्दै त्यस क्षेत्रका ८ गाउँ बिकास समितिका सर्बदलीय प्रतिनिधीले आफ्नो माग राखेपछि दलको छलफल रोकिएको थियो ।


पर्वतमा स्थानिय तह पुनसंरचना आयोगले घटीमा ४ र बढीमा ७ वटा स्थानिय तह निर्धारण गरि पठाउन निर्देशन दिएको छ । तर पर्वत जिल्लामा सामाथ्र्यका हिसाबले ४ वटा र भूगोल तथा स्थानिय जनताको सुबिधाका हिसाबले ८ वटा स्थानिय निकाय सिफारिस गर्न चौतर्फी दबाब बढेको छ।  क्षेत्र नं २ मा लुंखु देखि दक्षिण बर्राचौर सम्मको एउटा गाउँपालिका तथा कार्किनेटा देखि बाँच्छा सम्मको एउटा नगरपालिका तथा क्षेत्र न) १ मा अहिले रहेको कुस्मा नगरपालिकाको भूगोल समेतलाई पुर्नसंरचना गर्दै दुई नगरपालिका बनाउन सुझाब दिइएको छ । बढीमा आठ वटा बनाउँदा अहिले कुस्मा नगरपालिकामा रहेका वडा नं १५, १६ र १७ लाई अलग बनाउँदै ८ वटा स्थानिय तह बनाउनुपर्ने सुझाब समेत आएको छ। यसरी स्थानिय पुर्नसंरचना गर्दा हम्पाल, मोदी गाउँपालिका, कुस्मा नगरपालिका,  पञ्चासे डहरे गाउँपालिका, फलेबास गाउँपालिका, महासिला गाउँपालिका, पैञ्यु गाउँपालिका र  कालीगण्डकी गाउँपालिका बनाउनुपर्ने सुझाब दिइएको छ।


    यसैबिच पञ्चासे डहरे गाउँपालिका  बनाउन माग गर्दै कुस्मामा त्यस क्षेत्रका ८ गाबिसका बासिन्दाले जनप्रर्दशन गरेका छन भने जनप्रतिनिधी, राजनैतिक दल तथा प्राबिधीक समितिलाई हस्ताक्षर समेत बुझाएका छन । आर्थरडाँडाखर्क देखि खौलालाँकुरी, ठुलीपोखरी, कार्किनेटा, थापाठाना, शंकरपोखरी, भंगरा तथा फलामखानीको केही भागलाई मिलाएर गाउँपालिका बनाउनुपर्ने माग उनीहरुको थियो । आठ गाबिसका राजनैतिक दलका प्रमुख, प्रतिनिधी तथा सर्वसारधणले कुस्मामा प्रर्दशन गर्दै हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्रमा त्यस भेगको जनताको चाहना बिपरित कुस्मा नगरपालिका वा फलेबास गाउँपालिकामा राख्ने काम नगर्न चेतावनी दिइएको छ। त्यस भेगमा गाउँपालिका आवश्यक भएको तर जनताको चाहना र भावना बिपरित भएमा मान्य नहुने चेतावनी पनि दिइएको छ। उक्त निर्णयमा त्यस क्षेत्रमा सबै राजनैतिक दल, सामाजिक अगुवा र सर्वसाधरणको सहमति रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।


ज्ञापनपत्र बुझ्ने क्रममा जिल्लाका जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा जिल्ला प्राबिधीक समितिका तर्फबाट स्थानियको भावनाको कदर गर्दै निर्णय गर्ने आश्वासन दिइएको छ । कार्यक्रममा बोल्दै ब्यबस्थापिका संसदका सदस्य अर्जुनप्रसाद जोशीले पुर्नसंरचनाको काम कर्मचारी पाल्ने उद्देश्यले मात्रै नभई स्थानिय जनताको सुबिधाका आधारमा हुनुपर्ने पक्षमा आफुँ रहेको स्पष्ट पारे । उनले त्यस क्षेत्रका सबै राजनैतिक दलको सहमति भएमा गाउँपालिका बनाउन आवश्यक हुने बताएका थिए । अर्का सदस्य बिकास लम्सालले स्थानिय तह निर्धारण गर्दा सबैलाई सहज हुने हिसाबले नै गर्ने आश्वासन दिए । उनले जनतालाई चित्त बुझाउने हिसाबले नै निर्णयमा पुग्ने बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गरे । अर्का सदस्य कल्पना चापागाईले जनताको चाहना बेगर निर्णय हुनै नसक्ने स्पष्ट पारिन । जनताले एउटा चाहना गर्ने तर दल र प्राबिधीक समितिले निर्णय फरक पार्न नसक्ने बताइन ।


 उक्त अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, नेकपा(एमाले)का जिल्ला सचिब पदमपाणी शर्मा, नेकपा माओबादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य नेत्र अधिकारी, राप्रपाका सचिब इश्वर गिरी, राष्ट्रिय जनशक्ति पार्टीका जिल्ला संयोजक केशब कुवँर, नेकपा माओबादी क्रान्तिकारीका अध्यक्ष तेजेन्द्र पौडेल, नेपाल परिवार दलकी अध्यक्ष समिक्षा शर्मा, अखण्ड नेपाल पार्टीका बरिष्ठ उपाध्यक्ष युबनाथ रेग्मीले उक्त भेगका जनताको माग र चाहनाको सुनुवाई गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक समिति सदस्य ढाकाराम गौतमले सबैको तर्फबाट ज्ञापनपत्र बुझाएका थिए भने कार्यक्रमको सञ्चालन तेजप्रसाद शर्माले गरेका थिए ।

 

 

 

प्रमुख समाचार

भिडियो संग्रह