ताजा अपडेट :

आजदेखि ६ दिने योगशिविर शुरु हुँदै

आजदेखि ६ दिने योगशिविर शुरु हुँदै
कार्तिक २९,पर्वत

पर्वत सदरमुकाम कुश्माबजारमा ६ दिने योग ध्यान र प्रणायाम शिविर संचालन हुने भएको छ । द आटै अफ लिभिङको आयोजना र स्थानिय विभिन्न संघ संस्थाको व्यवस्थापनमा युनिर्भसल पार्टी प्यालेसमा सोमवार विहानदेखि शिविर हुन लागेको हो । योग शिविरको माध्यमवाट तनाव, चिन्ता, र दुःखवाट मुक्ति पाउन, शान्त मन, स्वस्थ शरिरी र गहिरो निद्रा पाउन, प्रगाढ खुसी, उत्ुसाहीत हुन, आत्मखोज र नौलो प्रस्फुरित जीवन जीउन योगको आवश्यकता रहेको छ । त्यसैगरी सृजनात्मकता र स्वच्छ बिचार र वाकशैली, शारीरिक शक्ति स्टामिनामा बृद्धि गर्नका लागि, प्रखर व्यावहारिक शीपको विकासका लागि र एकाग्रता आत्मवल र जिम्मेवारीमा बृद्धि गर्नका लागि योग गर्नैपर्ने आर्ट अफ लिभिङका संचालक काव्य लम्सालले जानकारी दिए ।


६ दिन सम्म संचालन हुने शिविरमा विहान ५ बजेदेखि ८ बजे सम्म कक्षा संचालन हुने भएको छ । शिविरमा १८ वर्ष भन्दा माथिका उमेर समुहका व्यक्तिहरु सहभागि हुन पाउने बताईएको छ ।

 

 

प्रमुख समाचार

भिडियो संग्रह