- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द
कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द
कार्तिक २९,पर्वत
निजि क्षेत्रबाट मुलुकमै पहिलोपटक संचालनमा आएको मुलुककै एकमात्र केबुलकार मोडेलको यान्त्रिक पुलको सेवा बन्द भएको छ । यान्त्रिक पुलमा प्राविधिक समस्या देखिएका कारण शनिवार विहानदेखि सेवा बन्द भएको हो । पुलको लठ्ठामा समस्या देखिएपछि सम्भावित जोखिमबाट बच्नका लागि सेवा बन्द गरिएको कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
पुल लामो समयसम्म सञ्चालन भैरहँदा लठ्ठामा समस्या देखिएका कारण यात्रुहरुलाई सम्भावित खतरा हुन नदिन सेवा बन्द गरिएको लिमिटेडका अध्यक्ष श्रेष्ठले बताए । शनिबार बिहान २÷३ टिप सञ्चालन पश्चात लठ्ठामा अचानक खराबी देखिएपछि सूचना प्रकाशन गरि सेवा बन्द गरिएको उनले बताए । ‘पुलमा खराबी देखिएका कारण मर्मतका लागि बन्द गरिएको हो’, उनले भने, ‘पुलको मर्मतका लागि प्राविधिकलाई बोलाईसकिएको छ ।’ पुलको मर्मत पश्चात एक सातापछि मात्र सञ्चालनमा आउने भएको छ ।
यान्त्रिक पुल बन्द हुँदा बागलुङको बलेवा क्षेत्रका झण्डै डेढ दर्जन गाविसका वासिन्दा र पुल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु समस्यामा परेका छन् । उक्त पुलबाट अहिले दैनिक सयौँको संख्यामा यात्रुहरु आवतजावत गर्दै आईरहेका छन् । विगत पाँच वर्ष अघि मुलुकमै पहिलोपटक केवलकार मोडेलमा निर्माण गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेड संचालनमा आएपछि २ घण्टाको पैदल यात्रा चार मिनेटमै छोटिएको छ ।
पुल सञ्चालनको समयमा आठ मिनेटको यात्रा गर्नुपर्ने भएपनि पछिल्लो समयमा नयाँ प्रबिधी जडान गरिएपछि आठ मिनेटको यात्रा चार मिनेटमै छोटिएको थियो । उक्त पुलमा बाग्लुङ्ग र पर्वतका गरि चार सय ३६ जनाको शेयर रहेको छ । दुईवटा यान्त्रिक कार जडान भएको उक्त पुलमा एउटा कारमा ८ जना अट्न सक्ने क्षमता रहेको छ । दुवैतर्फ गरेर एकपटकमा १६ जना आवतजावत गर्न सकिन्छ । करिब ५ करोडको लागतमा निर्मित उक्त पुलबाट यात्रा गर्नका लागि एक तर्फी भाडा १ सय रुपैंया तोकिएको छ भने, बागलुङ जिल्लाको वलेवा क्षेत्रका वासिन्दाका लागि ७५ रुपैंया तोकिएको छ ।
कुश्मा बलेवा यान्त्रिक पुलले गत आर्थिक वर्षमा १ करोड मुनाफा समेत आर्जन गरेको थियो भने शेयर सदस्यहरुलाई २० प्रतिशत लाभांस समेत वितरण गरेको थियो । पुन संचालनमा आएपछि अहिलेसम्म ७० प्रतिशत लाभांस वितरण भैसकेको लिमिटेडका सचिब केदारनाथ शर्माले जानकारी दिए ।