ताजा अपडेट :

कार्यालय प्रमुख भ्रमणमा जाँदा कामकाज ठप्प

कार्यालय प्रमुख भ्रमणमा जाँदा कामकाज ठप्प
कार्तिक २९,पर्वत
यहाँको एक सरकारी कार्यालयका प्रमुख विदेश भ्रमणमा जाँदा सेवाग्राही मर्कामा परेका छन् । पश्चिमाञ्चल सिँचाई डिभिजन कार्यालयका प्रमुख रमेश श्रेष्ठ दशैँ अगावै मन्त्रालयको भ्रमणका लागि विदेश गएका थिए । कार्यालयमा अन्य कर्मचारीलाई निमित्तको जिम्मा नदिईकिन श्रेष्ठ भ्रमणमा गएका हुन् । कार्यालय प्रमुख विहिन भएपछि दैनिकजसो आउने सेवाग्राही रित्तै फर्किने गरेका छन् । आर्थिक वर्षको दोश्रो चौमासिक पश्चात चालु आवका लागि योजनाहरु सम्झौता हुने गरेकोमा कार्यालयमा प्रमुख नभएपछि सबै काम ठप्प परेका छन् । श्रेष्ठ भ्रमणमा जाँदा तलब समेत नपाएको त्यहाँका कर्मचारीले गुनासो गरेका छन् । कार्यालयमा प्रमुख नहुँदा आर्थिक अख्तियारी समेत नआएका कारण काम भएका सम्झौताको समेत रकम वितरण हुन नसकेको कार्यालयका ईञ्जिनियर रामचन्द्र तिमिल्सिनाले जानकारी दिए ।


अघिल्लो वर्षका क्रमागत योजनाको समेत भुक्तानी नहुँदा योजना नै अलपत्र परेको उनले जानकारी दिए । कार्यालय प्रमुख श्रेष्ठको फिर्ती समयबारे पनि जानकारी नभएको हुँदा कार्यालयले लिएको प्रगति हासिलसमा कठिनाई आउने कार्यालयले जनाएको छ । कार्यालयले अघिल्लो आवमा ३० प्रतिशत मात्र प्रगति हासिल गरेको थियो ।

 

प्रमुख समाचार

भिडियो संग्रह