ताजा अपडेट :

अस्पतालको ‘स्याटलाइट सेवा’ स्वास्थ्य परीक्षण

अस्पतालको ‘स्याटलाइट सेवा’ स्वास्थ्य परीक्षण
 कार्तिक २९ , म्याग्दी

नेपालकै नमुना अस्पताल मानिएको म्याग्दी अस्पतालको प्राविधिक सहयोगमा म्याग्दीको कुहुँ गाविसमा शनिबार ‘स्याटेलाइट सेवा’ अभियानअन्तर्गत निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शिविरबाट २६८ जनाले सेवा लिएका छन् । देउराली युवा क्लब कुहुँको आयोजनामा जिल्ला अस्पताल म्याग्दीको प्राविधिक सहयोगमा गरिएको स्याटेलाइट क्लिनिक सेवाअन्तर्गत गाविसमा विभिन्न ठाउँबाट कलिला बालबालिकादेखि वृद्धवृद्धाले विभिन्न किसिमका रोगको उपचारका साथै निःशुल्क औषधि लिएका थिए ।


 डा अनिल पोख्रेल, डा विवेक पौडेल, डा शशि लामिछाने, डा अम्बालिका शाक्य, डा प्रनिता राजभण्डारी, डा कृति कँडेलसहित स्वास्थ्यकर्मीको टोलीले स्थानीयवासीका सानादेखि जटिल समस्यालाई शिविरमै र नियमित चेकजाँचका लागि म्याग्दी अस्पतालमा सम्पर्क गर्नसमेत अनुरोध गरेको थिए । शिविरमा ८० जनाले भिडियो एक्स–रे सेवा लिएका थिए । पाठेघरको समस्या भएका महिलाका साथै पत्थरीका बिरामी पहिचान गर्न एक्स–रे सेवालाई समेत शिविरमा राखिएको थियो ।

प्रमुख समाचार

भिडियो संग्रह