ताजा अपडेट :

देउसी भौलो खेलेर ‘आकस्मिक सुरक्षित मातृत्व कोष’ स्थापना

देउसी भौलो खेलेर ‘आकस्मिक सुरक्षित मातृत्व कोष’ स्थापना
कार्तिक २९ , म्याग्दी
पश्चिम म्याग्दीको रुम गाविसमा महिलाले देउसी भैलो खेलेर ‘आकस्मिक सुरक्षित मातृत्व कोष’ स्थापना गरेका छन् ।     रुम महिला बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा तिहार पर्वको अवसरमा खेलिएको देउसी भैलोबाट सङ्कलित रकमले मानवीय सेवाका लागि कोष स्थापना गरिएको हो ।


 रुम गाविसको १ देखि ६ नं वडासम्म खेलिएको देउसी भैलोबाट नगद रु दुई लाख ४१ हजार ६६ आर्थिक सङ्कलन गरी सहकारीमा कोष स्थापना गरिएको संस्थाका सचिव घनदेवी घर्तीले जानकारी दिनुभयो । सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले स्थापना गरिएको आकस्मिक कोषबाट गाविसको १ देखि ६ वडाका आर्थिक रूपमा विपन्न र दलित महिलालाई सहयोग गरिने सहकारीले जनाएको छ ।

प्रमुख समाचार

भिडियो संग्रह