- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
अमनले आविष्कार केन्द्रलाई सहयोग गर्ने
अमनले आविष्कार केन्द्रलाई सहयोग गर्ने
भाद्र ३१ पर्वत
विज्ञानका विभिन्न सामग्री बनाएर मेला महोत्सवमा प्रदर्शन गर्दै आएका पर्वतको कुश्मा नगरपालिका–४ खुर्कोटका १४ वर्षीय अमन पौडेलले राष्ट्रिय आविष्कार केन्द्रलाई रु १० हजार ५१ रुपैयाँ सहयोग गर्ने हुनुभएको छ । पर्वतको कुश्मा नगरपालिका–४ खुर्कोटमा सञ्चालित हिमालय उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत पौडेलले बुधबार कुश्माबजारमा आयोजित राष्ट्रिय बाल दिवसको मूल समारोहमा म्यागासेसे पुरस्कार बिजेता महावीर पुनद्वारा स्थापना गर्न थालिएको आविष्कार केन्द्रलाई आफूले व्यक्तिगत रूपमा रु १० हजार ५१ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । विद्यालयमा विज्ञान प्रयोगशाला तथा सामग्री निर्माणमा अग्रपङ्क्तिमा रहने पौडेलले आफूजस्तै बालबालिकाका लागि विज्ञान प्रविधिको क्षेत्रमा शिक्षा आर्जन गर्न थप सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गर्न लागेको बताउनुभयो ।
पौडेलले आगामी असोज ५ गते शमी साहित्य प्रतिष्ठान काठमाडौँद्वारा प्रदान गरिने शमी प्रोत्साहन पुरस्कार २०७३ बाट पुरस्कृत भई रु २० हजार १०१ रुपैयाँ पुरस्कार प्राप्त गर्न लागेको र उक्त पुरस्कारको ५० प्रतिशत रकम आविष्कार केन्द्रलाई सहयोग गर्न लागेको बताउनुभयो । कक्षा ९ का प्रथम छात्रसमेत रहेका पौडेलले पानीबाट चल्नसक्ने प्रदूषणरहित एक्जाभेटर, लिक नचाहिने रिङ्ग रोडमा हिँड्न सक्ने रेल, पानी र जमिनमा हिँड्न सक्ने रोबोट, सोलार पावरबाट चल्न सक्ने भूकम्प साङ्केतिक मेसिन, पहाड चढ्न सक्ने गाडी, ब्याट्रीबाट चल्न सक्ने पानीजहाज लगायतका सामानको नमुना तयार पारेर प्रदर्शन गरिसक्नुभएको छ ।
उहाँले पर्वत, बागलुङ, पोखरा, तनहुँ, काठमाडौँ लगायतका सहरमा आयोजित विभिन्न मेला, महोत्सव र प्रदर्शनीमा आफूले तयार गरेका सामान प्रदर्शन गरिसकेको र दर्शकबाट निकै राम्रो हौसला पाएको बताउनुभयो । पौडेलले भविष्यमा आफूले प्रदर्शन गरेका सामग्रीको स्तरीकरणसँगै रोबोट आर्मी, भोल्कानो, केवलकार लगायतका यान्त्रिक सामग्री निर्माण गरेर प्रदर्शनी गर्ने योजना रहेको बताउनुभयो ।