- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
दश टन आलुको विऊ वितरण
दश टन आलुको विऊ वितरण
पर्वत,२४कार्तिक
जिल्ला कृषि विकास कार्यालय पर्वतले १० मेट्रिक टन आलुको बिऊ वितरण गरेको छ । धान र कोदो थन्क्याईसकेपछि खेतवारीमा हिउँदे खेतीको रुपमा लगाउने आलुको विऊ वितरण गरेको हो । जिल्लाका विभिन्न गाविसका कृषकहरुलाई ढुवानी अनुदानमा आलुको विऊ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । स्याङ्जाको गल्याङ क्षेत्रमा उत्पादित आलु बुटबलबाट ढुवानी अनुदानमा कृषकहरुलाई उपलव्ध गराइएको हो । कृषकलाई प्रतिकिलोग्राम ६० रुपैयाका दरले आलुको बिऊ वितरण गरिएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।
जनक जातको उक्त आलुका बिऊ पर्वतको हावापानीमा उपयुक्त हुने र सहजै उत्पादन लिन सकिने भएकाले कृषकहरुको माग अनुसार ढुवानी अनुदानमा ल्याइएको हो । उच्च पहाडी गाविसहरुमा बाहेक अन्य गाविसमा हिउँदे आलुखेती हुँदै आएको छ । जिल्लाको पाङ, खुर्कोट, नाङलीवाङ, धाईरिङ्ग, कटुवाचौपारी, ठुलीपोखरी, पिपलठारी, खौलालाकुरी, फलेवास क्षेत्र, बर्राचौर, हुवास, त्रिवेणी लगायतका तीन दर्जन भन्दा बढि गाविसमा हिउँदे आलुको खेती हुँदै आएको छ । भने जिल्लाको उत्तरी क्षेत्रका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङ्ले, बाँसखर्क, भोक्सिङ्ग लगायतका गाविसमा बर्खे आलु उत्पादन हुँदै आएको छ ।
चालु आर्थिक वर्षएमा भने पर्वतमा आलुको उत्पादनमा गिराबट आएको छ । अघिल्लो वर्षको हिउँदमा परेको लामो समयको खडेरीका कारण आलु उत्पादन झण्डै ५० प्रतिशतले कमी आएको हो । जिल्लाको उच्च पहाडी भेगमा पर्ने ती गाविसका मुख्य बाली आलु खेतीनै भएपनि ७ महिना महिना लामो खडेरीका कारण यसवर्ष उत्पादनमा गिराबट आएको कृषकहरुले गुनासो गरेका छन् । मुख्य बालीकै उत्पादन घटेपछि कृषकहरु चिन्तित बनेका छन् ।
पर्वतमा एक हजार पाँच सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । उक्त क्षेत्रफलमा गरिएको आलु खेतीबाट २३ हजार २ सय ५० मेट्रिक टन आलु उत्पादन हुने गरेको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिएका छन् । तर गत वर्षको खडेरीका कारण आलु उत्पादनमा ठुलो मात्रामा गिराबट आएको उनले बताउ । विशेषगरी सवैभन्दा बढि आलु उत्पादन हुने उत्तरी पर्वतका गाविसमा उत्पादन घटेको हो । शालिजा, लेखफाँट, बनौ, क्याङ लगायतका गाविसमा उत्पादित आलुको मुल्य प्रतिकिलो ४० देखि ५० रुपैयामा विक्रि गर्दै आएको शालिजाका कृषक प्रताप पुनले जानकारी दिए । बजारमा माग अत्याधिक भएपनि उत्पादन घटेकाले माग अनुसार पु¥याउन नसकिएको पुनले बताए । पछिल्लो समय गाउँमै सडक यातायातको पहुँच पुगेकाले दैनिकजसो ढुवानी गरेर बजारमा पठाईसकिएको उनले बताए ।
पर्वतमा उत्पादित आलु पोखरा, काठमाडौ, नारायणगढ सम्म पुग्ने गरेको छ । उत्तरी क्षेत्रका कृषकको मुख्य वालीनै आलु भएकाले प्रत्येक कृषकले बार्षिक रुपमा १ देखि ५ लाख सम्म आम्दानी गर्ने गरेको शालिजाका कृषक वलबहादुर पुनले बताउनुभयो । यस वर्ष थोरै उत्पादन भएकाले साउनमै विक्रि भैसकेको उहाँको भनाई रहेको छ । पोखरा, काठमाडौ, बागलुङ लगायतका जिल्लाबाट आलुको माग गर्दै दैनिक दर्जनौ व्यावासायीको टेलिफोन आउने गरेपनि गाउँमै आलु रित्तिइसकेकाले पठाउन नसकिएको पुनले बताए । छिटो पाक्ने र खानका लागि पनि स्वादिलो लोकल जातको आलु भएकाले यहाँ उत्पादित आलु बढि लोकप्रिय रहेको कृषकहरुले बताएका छन् ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"