ताजा अपडेट :

रु तीस लाखको लागतमा कृषि फार्म

रु तीस लाखको लागतमा कृषि फार्म

 म्याग्दी,२४कार्तिक
म्याग्दीको बेनी नगरपालिका–१२ चिप्लेटीमा युवाहरूले रु ३० लाखको लगानीमा कृषि फार्म स्थापना गरेका छन् । चिप्लेटीका सञ्जय कुँवर, पुलाचौरका रेशमबहादुर बानियाँ र कृष्णबहादुर बानियाँले भुलभुले बहुउद्देश्यीय कृषि फार्म स्थापना गरी व्यावसायिक कृषि पेसा अङ्गाल्नुभएको हो ।


माछापालन, अलैँची र कागती खेती गरिने फार्म स्थापना गर्न रु ३० लाख लगानी भएको सञ्जय कुँवरले बताउनुभयो । उहाँहरू तीनैजना विदेशमा लामो समय रोजगारीका लागि समय बिताएरपछि घर फर्कनुभएको थियो । स्थानीय स्तरमा स्वरोजगार भई आयआर्जन गर्ने उद्देश्यले कृषि फार्म स्थापना गरेको उहाँहरूले बताउनु भएको छ । उहाँहरूले फार्म सञ्चालन गर्न दश रोपनी जग्गा खरिद पनि गर्नु भएको छ ।

प्रमुख समाचार

भिडियो संग्रह