ताजा अपडेट :

एनआई सी एसिया बैँकको शाखा शुभारम्भ

एनआई सी एसिया बैँकको शाखा शुभारम्भ
बागलुङ,२४कार्तिक
एनआई सी एसिया बैँकले आफ्नो शाखा बागलुङमा मंगलबारबाट सुभारम्भ गरेको छ । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बैकको ७३ औँ शाखाको रुपमा बागलुङ शाखाको विधिवत उद्घाटन गर्नुभयो । यस बैकले बागलुङ सहित बैँकको शाखा सञ्जाल ७६ र तथा एटिएमको संख्या  ६९ पुगेको छ ।

 बैकलै गत त्रैमासिक अवधिमा कर्जा सापटी ३९ प्रतिशत तथा निक्षेपमा ३४ प्रतिशतका साथै खुद मुनाफा ६६ प्रतिशत पुर्याउन सफल भएको छ । बैकको हालै सम्पन्न १९ औ बार्षिक साधारणसभाले बैँकका सेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर तथा त्यसपछि कायम हुन आउने शेयरमा १५ प्रतिशत हकप्रद शेयर वितरण गरिने प्रस्ताव समेत गरेको जनाइएको छ । बैँकले सम्भावित बजारक्षेत्रमा आफ्ना ग्राहकलाइ सेवा उपलव्ध गराउने उद्धेश्यले अन्य स्थानमा अविलम्व शाखा  सञ्चालन गरिने जनाएको छ ।

प्रमुख समाचार

भिडियो संग्रह