ताजा अपडेट :

नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पर्वत २२ कार्तिक
 
जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा जिल्लाको पातीचौरमा नागरिक सुनुवाई तथा अन्तरक्रिया सम्पन्न भएको छ । प्रत्येक तीन तीन महिनामा नागरिकको घर आँगनमा गई नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरी प्रहरी सेवा प्रवाह प्रति जनमानसको धारणा, प्रहरी प्रति जनताको अपेक्षा, राय, सल्लाह, सुझाव, सेवा प्रवाह गर्ने अभियान अन्तर्गत पातीचोरका उक्त कार्यक्रम गरिएको हो ।  

नागरिक समाज, राजनीतिकर्मी, व्यवसायी, विभिन्न पेशाकर्मी, संचारकर्मी, महिला समूह लगायतको सहभागीतामा संचालित उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शेखर खनाल, प्रहरी निरीक्षक दिपक पातली, नेपाली सेनाका उप सेनानी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी चौकी देउपुरका प्रमुख र महिला बालबालिका सेवा केन्द्रका प्रमुख लगायतले कार्यालयबाट प्रवाह भएका सेवा सुविधा र जिल्लाको समग्र शान्ति सुरक्षाका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको संचालन प्रहरी निरीक्षक दीपक पातलीले गर्नुभएको थियो भने प्रहरी नायब उपरीक्षक शेखर खनालले कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै प्राप्त सल्लाह र सुझाव प्रति आभार प्रकट गरेका थिए ।


खनालले सेवा प्रवाहको सिलसिलामा भए गरेका कमी कमजोरीहरुलाई समयानुकूल सुधार गरी मुस्कान सहितको सेवालाई आत्मसात गर्दै ’प्रहरी मेरो साथी’ अभियानलाई सार्थकता दिन नागरिकको सदैव साथ, सहयोग र सहकार्यको आवश्यकता पर्ने कुरामा जोड दिए ।

 

 

प्रमुख समाचार

भिडियो संग्रह