ताजा अपडेट :

कुशुमपुर टुडे साप्ताहिकको प्रकाशन शुरु

कुशुमपुर टुडे साप्ताहिकको प्रकाशन शुरु

भाद्र ३१ पर्वत

पर्यटन, विकास र शिक्षा सँगसँगै सञ्चार भन्ने मुल नाराका साथ पर्वत सदरमुकाम कुश्माबजारबाट कुशुमपुर टुडे साप्ताहिकको प्रकाशन प्रारम्भ भएको छ ।पर्यटकीय सूचना केन्द्र पर्वतद्धारा प्रवद्र्धित कुशुमपुर टुडे साप्ताहिकले हरेक बिहीवार प्रकाशन हुनेगरी विहीबारदेखि प्रकाशन आरम्भ गरेको हो । पर्वत जिल्लाका समग्र पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनमा क्रियाशिल रहँदै स्वच्छ, निष्पक्ष र तटस्थ समाचार र विचार पाठकसामु पु¥याउने उद्धेश्यले साप्ताहिक शुरुवात गरिएको सम्पादक किशोर सापकोटाले जानकारी दिनुभयो ।


    उक्त साप्ताहिको बिहीवार विहान पर्वत जिल्ला अदालतका न्यायधिश मोहनराज भट्टराईले बिमोचन गर्नुभयो । सो अवसरमा बोल्दै न्यायाधिश भट्टराईले सञ्चार माद्यामको विकास हुन राम्रो पक्ष भएको बताउँदै सामाजिक रुपमा पछाडि परेका बर्गहरुको आवाजलाई प्रस्फुटन गर्नका लागि पत्रिका लाग्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता समाजको ऐना भएकाले जति सञ्चार माद्याम खुल्छन् त्यतिनै नागरिकहरुको आव बाहिर आउने बताउनुभयो । उहाँले भ्रष्टाचार अन्त्य र समाजमा सुशासन कायम गर्नका लागि ठुलो भूमिका रहेको बताउनुभयो ।


    कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुखहरु, सहायक प्रमुख जिल्ला अधिकारी डिल्लिराम शर्मा रेग्मी, विभिन्न गैरसरकारी तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त पत्रिकाको प्रधान सम्पादकमा राजु पौडेल र अध्यक्षमा हिमबहादुर पौडेल क्षेत्री रहनुभएको छ ।

    पर्वतवाट पछिल्लो १० दिनको अवधिमा तीन वटा साप्ताहिक पत्रिका प्रकाशन शुरु भएका छन् । कुशुमपुर टुडे साप्ताहिकसँगै भदौ २० गतेदेखि बुलेटन्यूज साप्ताहिक र गत शुक्रवारदेखि खबर डबली साप्ताहिले प्रकाशन प्रारम्भ गरेका हुन् । यी सँगै पर्वतमा साप्ताहिक पत्रिकाको संख्या १० पुगेको छ भने तीनवटा दैनिक र चारवटा त्रैमासिक पत्रिका पनि नियमित रुपमा प्रकाशन हुँदै आएका छन् ।  त्यसैगरी चारवटा एफ.एम रेडियो, एक केबुल टेलिभिजन र २ वटा अनलाईन क्रियाशिल छन् ।    पर्वत जस्तो सानो जिल्ला र साँघुरो बजारमा आवश्यकताका आधारमा भन्दा पनि विभिन्न पक्ष र संस्थाहरुले सञ्चारमाद्याम दर्ता गर्ने र खोल्ने क्रम बढेपछि निजि क्षेत्रका व्यावसायीहरुले आलोचना समेत गर्न थालेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल, नेकपा एमालेका अध्यक्ष पदम गिरी, माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण पराजुली, राप्रपा नेपालका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल, राप्रपाका सचिब इश्वर गिरी, नेकपा क्रान्तिकारी माओवादीका तेजेन्द्र पौडेल, नेकपा माओवादीका वैकुण्ठ गिरी, सहायक प्रमुख जिल्ला अधिकारी डिल्लिराज रेग्मी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, पत्रकार महासंघ पर्वतका सहसचिब राजबाबु पिसी, प्रेस सेण्टरका जिल्ला अध्यक्ष प्रनिश गिरी, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्वतका अध्यक्ष राजेन्द्र पहाडी  लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    पत्रिका प्रकाशन समुहका अध्यक्ष हिमबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सम्पादक किशोर सापकोटा र संचालन अतिथि सम्पादक गणेश पौडेलले गरेका थिए ।

प्रमुख समाचार

भिडियो संग्रह