ताजा अपडेट :

प्रवासीको सात लाखको लगानीमा सडक मर्मत

प्रवासीको सात लाखको लगानीमा  सडक मर्मत
म्याग्दी २२ कार्तिक
कुहूँ–८ थाइवाङको विकासमा प्रवासमा रहेका थाइवाङबासी एकजुट भएका छन् । विश्वका विभिन्न देशमा पुगेका थाइवाङवासीले रु सात लाख जुटाएर गाउँसम्म पुग्ने सडक मर्मतसम्भार तथा स्तरोन्नति गरेका छन् ।थाइवाङसम्म जोड्ने कुहूँ–पञ्चासे खोला जोखिमपूर्ण सडकलाई ब्रेकरको प्रयोग गरेर सडक विस्तार तथा मर्मत गरिएको थाइवाङका स्थानीय बलिभद्र गौतमले जानकारी दिनुभयो । “प्रवासमा रहेका थाइवाङवासीको सक्रियतामा सडक मर्मत भएको छ । अब सहजै गाउँसम्म सानाठूला सवारीसाधन चल्छन्”, गौतमले भन्नुभयो । बेनी–दरवाङ सडकखण्डअन्तर्गत सिमलचौर र पुलाचौर–डडुवा कुहूँ हँुदै गाउँसम्म पुग्ने पुरानो सडक भए पनि भिरालो र जोखिमपूर्ण भएकाले गाउँसम्म सहज सवारीसाधन आवतजावतमा समस्या हुने गरेको थियो ।


नजिकै सवारीसाधन राखेर जानुपर्ने अवस्थामा सडक स्तरान्नति भएपछि ट्याक्सीसमेत गाउँमै पुग्छन् ।    जिल्लाकै धार्मिकस्थलका रूपमा परिचित मालिकाधुरीमा पुग्ने सबैभन्दा छोटो रुट थाइवाङ हुँुदै पर्छ । थाइवाङ गाउँ विकास अभियानमार्फत शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा आर्थिक अवस्था कमजोर भएकाको उपचारलगायत गाउँमा आवश्यक पर्ने सबै क्षेत्रमा सहयोग गर्ने लक्ष्य रहेको छ ।

प्रमुख समाचार

भिडियो संग्रह