ताजा अपडेट :

पर्वतको मुडिकुवामा स्थानीयवासीले गोरेटोवाटोको मर्मत

पर्वतको मुडिकुवामा स्थानीयवासीले गोरेटोवाटोको मर्मत

कार्तिक २१,पर्वत
पर्वतको मुडिकुवामा स्थानीयवासीले गोरेटोवाटोको मर्मत गरेका छन् । एकघरे टोलदेखि सिर्सुवा ढिक सम्मको १ किलोमिटर वाटो मर्मत गरिएको हो । हिँडडुल गर्न निकै समस्या हुने गरेको र वर्खामा ठाउँ ठाउँमा पहिरोले पुरेको उक्त गोरेटोवाटोमा सिँढि बनाइएको छ भने खाल्डाखुल्डी पुरेर सम्माइएको स्थानीय दिनेश लामिछानेले जानकारी दिनुभयो । गाउँका यूवाहरुले आफै श्रमदान गरेर बाटो मर्मत गरेका हुन् ।

 ढिकमा रहेका आधा दर्जन घर परिवार किनमेल , त्यहाँका विद्यार्थीहरु माटोदेवल माविमा पढ्न जान उक्त वाटो प्रयोग गर्ने गर्छन । वडागाउँ सिर्सुवा झोलुङगेपुल निर्माण कार्य करिव सकिन लागेको छ । पुल निर्माण पछि त्यहि वाटो प्रयोग गरि वटुवाहरु आवात जावत गर्ने भएकाले पनि अगाडी नै वाटो मर्मत गरिएको स्थानीय चितानन्द पौडेलले बताउनुभयो ।

 

 

 

प्रमुख समाचार

भिडियो संग्रह