- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
चिसो बढ्यो, उपल्लो मुस्ताङी बेँसी झर्न थाले
चिसो बढ्यो, उपल्लो मुस्ताङी बेँसी झर्न थाले
कार्तिक २१ मुस्ताङ
मुस्ताङमा पछिल्लो एकहप्तामा ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै उपल्ला क्षेत्रका छ गाविसका सर्वसाधारण धमाधम बेँसी झर्न थालेका छन् । हिउँदे अन्नबाली थन्काएर लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, सुर्खाङ र चर्राङ गाविसका १६ देखि ४० वर्ष उमेर समूहका सर्वसाधारण बेँसी झर्न थालेका हुन् । उनीहरूले कात्तिक दोस्रो हप्तादेखि फागुन अन्तिम सातासम्म म्याग्दी, बाग्लुङ, पर्वत, पोखरा, तनहुँ, काठमाडौँ र भारतसम्म पुगेर घुम्ती व्यापार गर्दछन् । यी गाविसमा करिब चार महिना वस्तुभाउको हेरचाह गर्न एक दुईजना वृद्धवृद्धा मात्रै रहन्छन् ।
स्कुले विद्यार्थी घुम्ती विद्यालयमा अध्ययन गर्न पोखरा झरिसेकका छन् । छ गाविसमा १२ भन्दा बढी विद्यालयले पोखराको लेखनाथ, बाग्लुङ बसपार्क र चिसापानीमा घुम्ती विद्यालयको शिविर सञ्चालन गरिसकेका छन् । चिसो बढेकाले फापर, जौँ, गहुँ र कोदो जस्ता अन्नबाली थन्काएर सर्वसाधारण धमाधम बेँसी झर्न थालेको छोसेरका स्थानीय लाम्पा छिरिङ गुरुङले जानकारी दिनुभयो । “हामीले तीन महिनासम्म घुम्ती व्यापार गर्छौं, केही रकम बचत गरेर किनमेल गरेर फर्कन्छौँ”, उहाँले भन्नुभयो, “चिसोले हाम्रो गाउँमा खासै अन्नबाली हुँदैन, व्यापारबाट आम्दानी गरेर त्यसैबाट जिविका चलाउने हो ।” घुम्ती व्यापारमा उनीहरूले मुस्ताङमा पाइने जिम्बु, भारतबाट ल्याइएका विभिन्न किसिमका लत्ताकपडा, सिद्रा, सियो, मालालगायतको व्यापार गर्ने गरेका छन् । चिसो बढेसँगै बिहान र बेलुकी सदरमुकाम जोमसोमलगायतका आसपासका क्षेत्रमा आगो तापेर बस्ने समूहसमेत बढ्न थालेका छन् । चिसोका कारण मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या कम हुँदै गएको छ ।