ताजा अपडेट :

कवि दोर्णराज उपाध्यायद्वारा लिखित त्रिवेणी कविता सङ्ग्रहको विमोचन

कवि दोर्णराज उपाध्यायद्वारा लिखित त्रिवेणी कविता सङ्ग्रहको विमोचन

कार्तिक २०, पर्वत
लामो समय शिक्षण पेशामा रेहर हाल निवृत्त जीवन विताइरहनु भएका शैक्षिक तथा सामाजिक व्यक्तित्व द्रोणराज उपाध्यायद्वारा लिखित त्रिवेणी कविता सङ्ग्रहको विहिवार एक कार्यक्रमका वीच उहा“कै जन्मभूमि खुर्कोटमा विमोचन गरिएको छ । कृतिको विमोचन गर्दै सरस्वती क्याम्पस काठमाडौका सहप्राध्यापक डा. षडानन्द पौड्यालले यो कविता सङग्रहले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने वताउनु भयो । यहा“ले पाङ÷खुर्कोट ऐतिहासिक, पुरातात्यिक र पूर्वीय ज्ञानका हिसाबले नेपालमै महत्वपूर्ण भूमि भएको उल्लेख गर्दै यहा“का हरेक व्यक्तिस“ग भएको ज्ञान र क्षमतालाई बाहिरी दुनियामा पु¥याउन सुझाव दिनुभएको थियो । डा. पौड्यालले  दोर्णराज उपाध्यायद्वारा रचना गरिएको कविता सङ्ग्रहले आध्यात्मिकता, मानवता र नैतिकताको शिक्षा दिएको वताउनु भएको थियो ।
कार्यक्रममा त्रिवेणी कविता सङ्ग्रहका रचनाकार दोर्णराज उपाध्यायले आफूले जीवनमा भोगेका भोगाइहरुलाई समेटेर कृतिको प्रकाशन गरेको वताउ“दै आफूले जानेका र अनुभव गरेका कुराहरुलाई लिपिवद्ध गरेर प्रकाशमा ल्याउन सबैलाई आग्रह गर्नुभएको थियो ।
कृति विमोचन कार्यक्रममा पर्वतका वरिष्ठ साहित्यकार इन्द्रकुमार विकल्प, नेपाली का“ग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिके, पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडी, धौलागिरि बहुमुखी क्याम्पसका पूर्व सहप्राध्यापक लक्ष्मीप्रसाद शर्मा, विद्यालयका संस्थापक डिल्लीराज शर्मा, नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष कुलप्रसाद उपाध्याय, भाषा शिक्षा परिषद पर्वतका अध्यक्ष बाबुराम शर्मा पौडेल, ¥याण्डम रिडर्स सोसाइटी पर्वतका अध्यक्ष लेखनाथ उपाध्याय, रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, नेकपा एमाले पर्वतका जिल्ला कमिटी सदस्य शेषराज रेग्मी, हिमालय उच्च मावि खुर्कोटका प्राचार्य माधव रेग्मी, नेपाल शिक्षक युनियन पर्वतका पूर्व सचिव बालकृष्ण बास्तोला र पर्वत साहित्य संगमका सचिव डिआर शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

माधुरी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार सरस्वती शर्मा जिज्ञाशुको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृतिमाथि समीक्षा अधिबक्ता हरिनारायण रेग्मीले गर्नुभएको थियो भने स्वागत मन्तव्य हिमालय उच्च मावि खुर्कोटका शिक्षिका राधाकुमारी शर्माले र कार्यक्रमको संचालन माधुरी साहित्य प्रतिष्ठानका उपाध्यक्ष सुभन्तनाथ सुवेदीले गर्नुभएको थियो ।  उक्त कविता सङ्ग्रहको प्रकाशन माधुरी साहित्य प्रतिष्ठान पर्वतले गरेको हो ।

प्रमुख समाचार

भिडियो संग्रह