ताजा अपडेट :

कलिलै उमेरमा म्याग्दीका जोन खड्का सफल अन्र्तराष्ट्रिय लगानीकर्ता

कलिलै उमेरमा म्याग्दीका जोन खड्का सफल अन्र्तराष्ट्रिय लगानीकर्ता
कार्तिक १५ , म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–४ खवरामा यूवा कलिलै उमेरमा अन्र्तराष्ट्रिय लगानीकर्ताको रुपमा स्थापित भएका छन् । २०४६ साल माघ १ गते याम बहाुदर र निर्मला खड्काको कोखबाट जन्मिएका खड्का अध्ययनसंगै नेपाल तथा विभिन्न विदेशी कम्पनीमा लगानी गरी सफल नेपाली ब्यवसायीमा आफ्नो नाम स्थापित गर्न सफल भएका छन् ।

२०६३ सालमा न्यू वेष्ट प्वाइन्ट आवासीय माविबाट  विशिष्ट श्रेणीमा एसएलसी  उत्र्तिणा गरेर काठमाण्डौ हानिएका खड्का बेलायतको चर्चित प्रोसाइडन ग्रुपको एउटा लगानीकर्ता भइसकेका छन् । विश्वका २७ देशमा दक्ष्न कामदार पठाउने गरेको कम्पनीका लगानीकर्ता संगै खड्कासंग ब्राइट स्टार करियर्स नामक तालिम केन्द्र,डस्टियाक, नेपाली हस्तकला, कपडा, अग्रानिक बस्तुहरू यूरोप लगाएतका देशमा निर्यात गर्ने कम्पनीका समेत प्रमुख हुन । एकैपटक स्वदेश तथा विदेशमा लगानी गरेर सफल यूवा ब्यवसायी बनेका खड्कको कान्तिपु्र साप्ताहिकले अन्र्तरवार्ता लिएपछि थप चर्चा चुलिएको छ । खड्काले नेपाली उत्पादन र विदेश जाने नेपालीहरूलाई तालिम दिने कम्पनीबाटै उनले राम्रो कमाई गरिरहेका छन् । एसएलसी दिएर काठमाण्डौ लागे लगत्तै उनले शिक्षा संगै विभिन्न विषयमा केन्द्रित भएर आफ्नो केरियर सुरू गरेका थिए ।

 बैंगलोर खुल्ला अन्र्तराष्ट्रिय विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गरिरहेका उनले आफ्ना पढाई खर्च उठउन सुरु गरेको हेल्थ क्लवबाट ब्यवसायीक जीवन सुरू गरेका थिए ।अहिले उनले आम्दानीको १० प्रतिशत आफुँले स्थापना गरेका डस्टियाक फाउन्ढडेसनमा खर्च गर्ने गरेका छन् ।जसबाट प्रत्येक बर्ष ११ जना बालबालिलाई अध्ययन एवम् करियर बनाउने काममा सघाउने गरेको छ । पुर्व भारतीय सेना रहेका खड्काका ब्ुवा याम बहादुरले छोराको प्रगतीले उत्साहित भएको बताए । ‘दुवैछोराको प्रगतीबाट हामी उत्साहित छौ । यस्तै प्रगतीको सधै कामना गर्दछु’ उनले भने ।

उनले ब्यवसायसंग उसले सुरू गरेको सामाजिक कार्य तथा शिक्षा लगाएतका क्षेत्रमा भइरहेको सहयोगबाट खुसी रहेको बताए । उनको जेठो छोरा जोन र कान्छो छोरा अमेरिकामा छन्। जोनको राष्ट्रियस्तरका सञ्चारमाध्यममा अन्र्तरवार्ता सहित नेपालमा बैधानिक माध्यमबाट लगानी गरेर कमाउन सजिलो छ भन्ने भनाई अहिले सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ।  जोनलाई अरवपति विनोध चौधरीको छोरासंग तुलना गरिएको छ ।

 

प्रमुख समाचार

भिडियो संग्रह