- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
निशुल्क मुटुरोग परिक्षण शिबीरमा ११ सयको परिक्षण
निशुल्क मुटुरोग परिक्षण शिबीरमा ११ सयको परिक्षण
कार्तिक १५,पर्वत
पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा सम्पन्न दुई दिने मुटुरोग परिक्षण शिविरमा १ हजार एक सय जनाको परिक्षण गरिएको छ । दुर्गम बस्तीमा पुगेर मुटुरोगको परिक्षण गर्ने अभियानका क्रममा शनिबार आइतवारगरी दुई दिन संचालित शिविरमा एक हजार एक सय जनाको परिक्षण गरिएको हो । धौलागिरी अञ्चलका दुर्गमबस्तीका बासिन्दाको मुटु सम्बन्धी समस्या परिक्षण गर्ने र उनीहरुको निशुल्क उपचार गर्ने उद्देश्य सहित दुई दिने शिबीर सञ्चालन गरिएको थियो ।
पर्वतमा क्रियाशिल पाँच वटा लायन्स क्लबको आयोजना र मुटु बचाउँ अभियान लगायतका संस्थाको सहयोगमा सञ्चालित दुर्गम बस्तीका लागि लक्षित शिबीरमा पहिलो दिनमा ६ सय र दोस्रो दिनमा पाँच सय भन्दा बढिको परिक्षण गरिएको थियो । बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा आएको टोलीले बिरामीको परिक्षण गरेको हो ।
शिबीरमा सबैभन्दा बढी ब्लड प्रेसरका बिरामी भेटिएको बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराईले जानकारी दिए । पहिलो दिन परिक्षण गरिएका बिरामीहरुमा ४ जना मुटुमा प्वाल परेका बिरामी फेला परेका छन भने ७ जना भन्दा बढी भल्ब थुनिएका बिरामी भेटिएका छन । यसैगरी मुटुसम्वन्धी गम्भीर समस्या देखिएका १५ जना गरी २६ जना लाई रिफर गरिएको हो । उनीहरुलाई थप परिक्षण गर्नुपर्ने भएकाले काठमाण्डौ बोलाइएको डा. भट्टराईले बताए ।
मुटुरोगीको उपचार भन्दा पनि परिक्षणका लागि शिबीर आयोजना गरिएकाले धेरै भन्दा धेरै सर्वसाधरणको मुटु परिक्षण गरिने बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. भट्टराईले बताए । मुटु बचाउँ अभियानले मुटुरोगका बारेमा जनचेतना जगाउने, बिभिन्न २० स्थानमा शिबीरहरुबाट परिक्षण गर्ने तथा गम्भीर खालका बिरामीलाई बिदेशमा पठाएर समेत उपचार गराउँदै आएको उनले जानकारी दिए ।
दुई दिन सम्म संचालित शिविरमा परिक्षण गरिएका बिरामीहरु मध्ये २६ जनालाई थप उपचारका लागि काठमाडौ रिफर गरिएको छ । चल्ने शिबीरमा दुई दिन सम्म परिक्षण र उपचार गरिने लायन्स क्लब अफ शिबालयका अध्यक्ष बिषमकुमार श्रेष्ठले जानकारी दिए । शिबीर आयोजना गर्न एन.आर.एनका संयोजक कुल आचार्यले ७० हजार, लायन्सका कुश्मा स्थित डिष्ट्रिक पदाधिकारीहरुले ४० हजार र लायन्स डिष्ट्रिक गर्भनर बालकृष्ण बर्लाकोटीले २५ हजार सहयोग गरेका छन् ।
दुई दिनसम्म चलेको शिविरमा पर्वत, बागलुङ, म्याग्दी र कास्कीका विभिन्न स्थानका विरामीहरु सहभागि भएका थिए । उक्त टोलिले यस अघि फलेवास, तिलाहार लगायतका गाविसमा पनि शिविर संचालन गरेको थियो ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"