- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वतमा पनि महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती मनाइयो
पर्वतमा पनि महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती मनाइयो
कार्तिक १५,पर्वत
पर्वतको धाइरिड्डमा आइतबार एक कार्यक्रमका बीच महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती मनाइएको छ । स्थानिय भूमे साहित्य समाजको आयोजनामा धाइरिड्डको मिलनचोकमा लक्ष्मीजयन्ती मनाइएको हो । कार्यक्रममा धौलागिरीका अग्रज एवं नवश्रष्टाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा श्रष्टाहरुले महाकवि लक्ष्मी प्रसाद देवकोटाको तस्विरमा फूलमाला चढाइ देवकोटाप्रति श्रद्धासुमन एवं सम्मान प्रकट गरेका थिए । बाग्लुड्ड, पर्वत, म्याग्दी र मुस्ताड्डका विभिन्न श्रष्टाहरु सम्मिलित कार्यक्रममा महाकवि लक्ष्मी प्रसाद देवकोटाले नेपाली साहित्यको इतिहाँसमा पुर्याएको योगदानबारे चर्चा गरिएको थियो ।
यस्तै समाजले आज नै आफ्नो तेस्रो वार्षिकोत्सव कार्यक्रम तथा रचना वाचन कार्यक्रम पनि सम्पन्न गरेको छ । अञ्चलको एकमात्र ग्रामिण भेगबाट नियमित साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको समाजले आर्थिक कठिनाइका कारण पत्रिका प्रकाशन बन्द गरिएपनि साहित्यिक गतिविधि भने गर्दै आइरहेको सदस्य सरोज आचार्यले बताउनुभयो ।
रचनावाचन कार्यक्रममा अग्रज श्रष्टा गणनाथ पौडेल, पर्वत साहित्य संगमका इन्द्रमान खत्री, म्याग्दी साहित्य परिषद्का धु्रवलाल शर्मा, अजय मिलन, म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखा कौशल रेग्मी, नमुना उच्च मावि का उप प्राचार्य खेम चापागाइँ, श्रष्टा डण्डपाणी सापकोटा, बुलबुल साहित्यिक पत्रिकाका घायलश्री, पुलत्स्य साहित्य समाजका सुसन परियार, प्रवासी साहित्य मञ्जरी साउदी अरवका संस्थापक दिनेश शर्मा कल्पितलगायत २ दर्जनभन्दा बढि श्रष्टाले आफ्नो सिर्जना वाचन गरेका थिए भने धौलागिरी क्याम्पसका पूर्व क्याम्पस प्रमुख लक्ष्मी प्रसाद शर्मा पौडेलले रचनाहरुको विश्लेषण एवं पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीले भाषा र साहित्यको सम्बन्ध र भाषाको संरक्षणको बारेमा बोल्नुभएको थियो ।
समाजका अध्यक्ष राम्जी आचार्यको सभापतित्व एवं धौलागिरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवं सहप्रध्यापक लक्ष्मी प्रसाद शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा श्रष्टा अजय मिलन, पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडी, श्रष्टा इन्द्रमान खत्री, म्याग्दी साहित्य प्रतिष्ठानका अग्रज साहित्यकार ध्रुवलाल शर्माले बदलिँदो साहित्य, साहित्य र भाषा, नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको योगदान आदिको विषयमा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम भुमे साहित्य समाजका सदस्य वियोगी समुन्द्रको स्वागत मन्तव्यमा एवं श्रष्टा दीपेन्द्र सरकारको सञ्चालनमा सम्पन्न भएको थियो ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"