ताजा अपडेट :

परिचयपत्र पाउँदा ज्येष्ठ नागरिक उत्साहित

परिचयपत्र पाउँदा ज्येष्ठ नागरिक उत्साहित
कार्तिक १५ , म्याग्दी

 परिचयपत्र वितरण हुन थालेपछि म्याग्दीका ज्येष्ठ नागरिक उत्साहित भएका छन् ।
महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक खुसी भएका हुन् । परिचयपत्रको आधारमा यातायात र स्वास्थ्य सेवामा छुट दिने सरकारले घोषणा गरेको छ ।     कार्यालयले हालसम्म म्याग्दीका ९२ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिसकेको छ ।


 ६० वर्ष पुरा उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको २ गते महिला तथा बालबालिका कार्यालयबाट परिचत्रपत्र दिने गरिएको छ ।
परिचयपत्र भएका ज्येष्ठ नागरिकले यातायात र सरकारी अस्पतालमा उपचार गर्दा पचास प्रतिशत छुट सुविधा पाउने ज्येष्ठ नागरिक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले बताउनुभयो । सीमित मात्रामा परिचयपत्र प्राप्त भएकाले पहिलो चरणमा सदरमुकाम वरपरका ज्येष्ठ नागरिकलाई मात्र वितरण गरिएको कार्यालयले जनाएको छ । विसं २०६८ मा भएको गणगणना अनुसार एक लाख १३ हजार जनसङ्ख्या रहेको म्याग्दीमा ज्येष्ठ नागरिकको सङ्ख्या आठ प्रतिशत छ ।
 

प्रमुख समाचार

भिडियो संग्रह