- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पेन्सनको रकम सामाजिक काममा
पेन्सनको रकम सामाजिक काममा
भाद्र ३१ म्याग्दी
म्याग्दीका एक पूर्व बेलायती गोर्खा सैनिकले आफूले पेन्सनबापत प्राप्त गर्ने रकम सामाजिक क्रियाकलापमा लगाएका छन् । हिस्तान–३ टिकोटका चन्द्रबहादुर पुनले बेलायत सरकारले पेन्सनबापत दिने ६० प्रतिशत रकम जन्मगाउँको शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा उपलब्ध गराउने गर्नुभएको हो । हाल पोखरा–३ नदीपुर निवासी गोर्खा सैनिकको सेवा निवृत्त मेजर पुनले वार्षिक रु १५ लाख पेन्सन पाउनुहुन्छ । गाउँको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि चन्द्रबहादुरले विभिन्न समयमा करिब रु ५० लाख सहयोग गर्नुभएको स्थानीय टिकोट माविका प्रधानाध्याकपक प्रदीप पुनले जानकारी दिनुभयो
। टिकोट माविमा हालै नयाँ भवन निर्माण गर्न रु १८ लाख नगद उपलब्ध गराउनुभएका पुनले विसं २०५३ मा माध्यमिक तहको कक्षा सञ्चालन गर्नका लागि रु दुई लाख सहयोग गर्नुभएको थियो ।
महभिर टिकोट सडक निर्माणका लागि रु तीन लाख र टिकोटमा बास्केटबलको पक्की खेलमैदान निर्माण गर्न रु ५५ हजार नगद सहयोग गर्नुभएका पुनले करिब एक महिना श्रमदान गर्नुभएको थियो । पुनको सक्रियतामा टिकोटमा नैनसिङ सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालन भएको छ । बुबा नैनसिङको नाममा क्लिनिक सञ्चालन गर्न पुनका दाजुभाइ र परिवारले रु २१ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । कोषको रकमबाट क्लिनिकका दुईजना कर्मचारीको तलब र औषधि खरिद गरिँदै आएको छ । क्लिनिकमा सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा टेलिमेडिसिन उपकरण जडान भएको छ । इन्टरनेट र वेभ क्यामेराको सहायताले काठमाडौँको मोडल अस्पतालका चिकित्सकले टिकोटका बिरामीको उपचार गर्दै आएका छन् ।
स्वास्थ्य संस्था टाढा हुँदा सहज रूपमा स्वास्थ्य उपचार सेवा पाउन नसकेका टिकोट र घराम्दीका बासिन्दालाई क्लिनिकबाट सुविधा पुगेको छ । वार्षिक रु १५ लाख पेन्सन पाउने चन्द्रबहादुर आफ्नो जन्मगाउँ टिकोटका साथै पोखराका सामाजिक सङ्घसंस्थालाई सामाजिक कामका लागि रु ७२ लाख सहयोग गरिसक्नुभएको छ । कुनै पनि सङ्घ सङ्गठनको पदमा नबसेका पुनले सामाजिक काममा सहयोग गर्ने आफ्नो इच्छा भएको बताउनुभयो ।