ताजा अपडेट :

पर्वतमा पाँचौ क्षेत्रीय महोत्सव हुने

पर्वतमा पाँचौ क्षेत्रीय महोत्सव हुने
पर्वत १३ कार्तिक
समग्र पश्चिमाञ्चल क्षेत्रको औद्योगिक तथा व्यापारको प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा पाँचौ क्षेत्रीय महोत्सव हुने भएको छ । पर्वत उद्योग बाणिज्य संघको आयोजनामा आगामी माघ १३ गतेदेखि २२ गतेसम्म १० दिन महोत्सव हुने भएको हो । महोत्सबबाट उठेको रकमबाट कुस्मा चक्रपथ निर्माण तथा बड्गाउँमा खेलमैदान तथा प्रर्दशनीस्थल निर्माणक लागि खर्च गर्ने योजना बनाइएको महोत्सब मुल आयोक समितिका संयोजक रामकृष्ण कर्माचार्यले जानकारी दिए ।

महोत्सबको प्रमुख आर्कषणमा पश्चिमाञ्चल बिकास क्षेत्रका १६ जिल्लामा उत्पादित सामाग्रीहरु प्रर्दशनीमा राखिने एको छ।  घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा हुने पश्चिमाञ्चल स्तरिय क्षेत्रीय औद्यागिक प्रदर्शनीमा १६ जिल्लाबाट १ सय  ३० जना भन्दा बढी उद्यमी सहभागि हुनेछन । महोत्सवमा हुने औद्योगिक प्रदर्शनीमा १६ वटै जिल्लामा उत्पादित लप्सीवाट तयारी वस्तु, ढाका कपडा, तथा तयारी सामाग्री, वाँसका सामान, अल्लो कपडा तथा तयारी सामान, झोला तथा नागासल, सुन्तला जुस, अगरवत्ती, मैनवत्ती, जडिबुटी तेल, अदुवावाट तयारी वस्तु, आलु चिप्स, जाम जेली, सुन्तला जुस, नेपाली हाते कागज, स्थानीय कफि, टिमुर, लगायतका वस्तुहरु आउने क्रम जारी रहेको बरिष्ठ उद्योग अधिकृत  शिब शकर बानियाँले जानकारी दिए ।
यसैबीच पर्वत उद्योग बाणिज्य संघ पर्वतले शुक्रवार शुभकामना आदानप्रदान तथा आगामी महोत्सवका बारेमा अन्तरक्रिया गरेको हो । सो अवसरमा महोत्सवको तयारी स्वरुप जग्गा छनौट समिति समेत गठन गरिसकिएको छ । कार्यक्रममा पर्वतका तीन वटै सांसदले समग्र पर्वतको प्रवद्र्धनका लागि गरिने महोत्सवका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


कार्यक्रममा सांसद अर्नुनप्रसाद जोशी, विकास लम्साल, कल्पना चापागाई, प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद मरासिनी स्थानिय विकास अधिकारी युवराज पौडेल, पत्रकार महासंघका अध्यक्ष दुर्गाप्रसाद शर्मा, सहभागि दिपिका भुसाल लगायतले बोलेका थिए । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब ठाकुरवि पौडेल र धन्यवाद बरिष्ठ उपाध्यक्ष गोपि अधिकारीले गरेका थिए ।

 

 

प्रमुख समाचार

भिडियो संग्रह