- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
बेनीमा उज्यालो बैकल्पीक विद्यालयको उद्घाटन पढ्न नपाएको पिडा सुनेर सहभागीका आँखा रसाए
बेनीमा उज्यालो बैकल्पीक विद्यालयको उद्घाटन
पढ्न नपाएको पिडा सुनेर सहभागीका आँखा रसाए
भाद्र ३१ म्याग्दी
बेनीमा स्थापना भएको उज्यालो बैकल्पीक विद्यालयको बिहीबार उद्घाटन गरिएको छ ।
समुदायको पहलमा स्थापित विद्यालयको सांसद एवं पुर्व पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको हो । सांसद पुनले शिक्षाकै कारणले महिलाहरु पछाडी पर्नुपर्ने अवस्थाको अन्त्य गर्न सबै लाग्नुपर्ने बताउनुभयो । शिक्षामा महिलाको पहुँच पु¥याउन सके समाज परिवर्तन र देश विकासमा टेवा मिल्ने पुनको भनाई छ ।
जिशिअ रामप्रसाद अधिकारीले सबै नेपाली नागरीकलाई साक्षर बनाउने र शिक्षाको पहुँच बढाउने लक्ष्य हाँसील गर्न बैकल्पीक विद्यालय सहयोगी बन्ने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा कान्तिपुर दैनिकका समाचार संयोजक अखण्ड भण्डारी, विई उईल राईजका निर्देशक निर्मल श्रेष्ठ, राजनितिक दलहरुको तर्फबाट हरिकुमार श्रेष्ठ, सामाजिक संघ संस्थाको तर्फबाट उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
विद्यार्थी डिलकुमारी पुर्जा र भुलमाया तिलीजाले लेखपढ गर्न नजानेका कारण भोगेको पिडा पोख्दा अतिथि देखि सहभागीको आँखा रसाएका थिए । उहाँहरुले पारिवारीक कारणले ईच्छा भएर पनि पढ्न नपाएकाले जिवनमा धेरै ठक्कर खाएको पिडा सुनाउदै वैकल्पीक विद्यालयले आफूहरु जस्ता निरक्षरको जिवनमा खुसी ल्याएको अनुभव सुनाउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार केसीको अध्यक्षता, सचिव लोकेश पुनमगरको सञ्चालन र सदस्य राजेन्द्र श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष बिनय श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उद्घाटनका क्रममा एक लाख रुपैया भन्दा बढी चन्दा संकलन भएको थियो ।
निरक्षर र घरायसी तथा पारिवारीक कारणले विद्यालय तहसम्मको शिक्षा हाँसील गर्न नसकेकाहरुलाई आधारभुत तहको शिक्षा प्रदान गर्ने उद्देश्यले गत बैशाख देखि सञ्चालन गरिएको थियो । ११९ जना महिलाहरु भर्ना भएको उक्त विद्यालयमा हाल ६२ जनाले नियमित अध्ययन गरिरहेका छन् ।
बेनी सामुदायीक उच्च मावि अन्तरगत सञ्चालित सो विद्यालयमा नेपाली र अंग्रेजी अंक, अक्षर चिन्ने र लेख्न, पढ्न, मोवाईल, सामाजिक सञ्जाल चलाउन सिकाउने गरिएको छ । यात्रा गर्दा अथवा कतै जाँदा बसपार्क, गाडी नम्बर, कार्यालयको नाम नचिनेर दुख पाएकाले अब त्यस्तो दुख नपरोस भनेर पढ्न थालेको सहभागिको भनाई छ ।
पूर्ण निरक्षर र सामान्य लेखपढ गर्न जान्नेहरुको छुट्टारछुट्टै दुई वटा समूह बनाइएको बेनी सामुदायीक माविका प्राचार्य दिपक श्रेष्ठले बताउनुभयो । दैनिक चार घण्टा सञ्चालन हुने विद्यालयमा धेरै जसो ४० वर्ष उमेर पार गरेकाहरु विद्यार्थी छन् ।
तिन जना सहजकर्ता शिक्षक रहेको विद्यालय सञ्चालनका लागि मासिक पाँच हजार भाडा तिर्नेगरी बेनी सामुदायीक पुस्तकालयमा दुई वटा कोठा भाडामा लिइएको छ । ब्लअजयचगृहीणी कक्षा लागि जिल्ला शिक्षा कार्यालयले वार्षिक दुई लाख रुपैया उपलब्ध गराउने ब्यवस्था छ ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"