ताजा अपडेट :

संसदीय टोलीद्वारा पर्वतका महिला उद्यमीको अवस्था अध्ययन सहुलियतपुर्ण ऋण उपलव्ध गराउन उद्यमीको माग

संसदीय टोलीद्वारा पर्वतका महिला उद्यमीको अवस्था अध्ययन
सहुलियतपुर्ण ऋण उपलव्ध गराउन उद्यमीको माग
पर्वत, १० कार्तिक
व्यवस्थापिका संसद अन्तर्गतको संसदीय टोलीले मंगलवार पर्वतका महिला उद्यमीको अवस्था अध्ययन गरेको छ ।
        व्यवस्थापिका–संसद्, महिला उद्यमशीलता विकास उपसमितिका संयोजक छाया शर्माको नेतृत्वमा पाँच सांसद र उद्योग मन्त्रालयका अधिकारीको टोलीले महिला उद्यमीले सञ्चालन गरेको उद्योगको अध्ययन गरेको हो ।


        टोलीमा सांसद कान्ता भट्टराई, अनारकली मिया, मीना चौधरी र राज्यलक्ष्मी श्रेष्ठ, मन्त्रालयका सहसचिव सुदर्शन सापकोटा, संसद् सचिवालयका सुदर्शन खड्का, लघुउद्यम विकास कार्यक्रमका प्रमुख सल्लाहकार डा लक्ष्मण पुन, क्षेत्रीय प्रबन्धक केशव दवाडी, लघुउद्यम बजार विशेषज्ञ रजनी थापा लगायतको सहभागिता थियो ।


    पर्वका साथै म्याग्दी र कास्कीमा समेत महिला उद्यमीले सञ्चालन गरेको उद्योगका अवस्था, उद्योग सञ्चालनका क्रममा आइ परेका नीतिगत समस्या र सम्भावनाका विषयमा अन्तक्र्रिया र निरीक्षण गरी टोलीले संसद् र उद्योग मन्त्रालयलाई प्रतिवेदन बुझाउने जनाइएको छ ।


        टोलीलले पर्वतमा क्रियाशिल जिल्ला लघु उद्यमी संघ, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला विकास समिति, पर्वत उद्योग बाणिज्य संघ लगायतका कार्यालय र संघ संस्थासँग अन्तरक्रिया गरेका थिए ।
        खासगरी पर्वतमा अल्लो, लप्सी, व्यावसायीक तरकारी खेती, कफि, तथा हस्तकलाका सामाग्रीहरु, सिस्नो पाउडर, सावुन उद्योग, अगरवत्ती उद्योग सम्वन्धि  २ हजार ८ सय लघु उद्यमीहरु क्रियाशिल रहेका छन् ।

 

कार्यक्रममा जिल्ला स्थित सरोकारवाला कार्यालय तथा संघ संस्थाका प्रमुखहरुले जिल्ला मा संचालित लघुउद्यम सम्वन्धी आ–आफ्नो क्षेत्रवाट गरिएका कार्यक्रमका बारेमा टोलीलाई जानकारी गराएका थिए ।
        टोलीले कुश्मा बजारमा रहेको सौगात गृहकी सञ्चालक जयमाया पुनको अल्लो उद्यमको पनि अबलोकन गरेको थियो । सो अवसरमा सहभमागि उद्यमीहरुले सरकारले लघु उद्यमीहरुलाई ६ प्रतिशत व्याजदरमा ऋण उपलव्ध गराउने घोषण ागरेपछि पर्वतका उद्यमीहरुले पाउन नसकेको गुनासो गरेका थिए । उनिहरुले घोषणा अनुरुपको ऋण पाएमा जिल्लामा थुप्रै सम्भानाका क्षेत्रमा लगानी गर्न सकिने बताएका थिए ।


        सो अवसरमा जिल्ला लघु उद्यमी संघकी अध्यक्ष केशा परियारले लगानीको अभावमा पर्वतका लघु उद्यमहरु निर्वाहमुखि रुपमा संचालन गर्नुपर्ने बाध्यता रहेको बताउँदै उद्यमीहरुलाई लगानीका लागि सहुलियतपुर्ण ऋण उपलव्ध गराउनुपर्ने माग गर्नुभएको थियो ।
        टोलिले यस अघि म्याग्दीको बेनपा–४ हाडेभिर स्थित साझा सुविधा केन्द्रमा सञ्चालित हिमाली अल्लो कपडा उद्योग र गणेशटोलमा लद्युउद्यमीले उत्पादन गरेका सामान बिक्रीका लागि सञ्चालित सौगात कोसेली घरको निरीक्षण गरेको थियो ।

 

 

प्रमुख समाचार

भिडियो संग्रह