- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
माझी दम्पतीको टहरामा वास
माझी दम्पतीको टहरामा वास
कालीगण्डकी किनारस्थित उजाड बगर छेउमा रहेको सानो टहरा, निहुरिएर भित्र छिड्नुपर्ने बाध्यता, सानो गुन्द्रीले ओगट्ने जति थलोमा भान्सा, सरसामान र दुःखजिलो गरी सुत्ने ओछ्याउन ।
६२ वर्षीय भीमबहादुर माझी र ४५ वर्षीया चन्द्रकुमारी माझी विगत डेढ वर्षदेखि सोही टहरामा दैनिकी गुजारिरहेका छन् । घर, सम्पत्ति पहिरोमा गुमेपछि बागलुङ–पर्वतको सीमाक्षेत्रस्थित मालढुङ्गामा बस्ने माझी दम्पती आफ्नै थलोमा पनि ‘शरणार्थी’ झैं जिवन विताइरहेका छन् । चाडवाडको याममा पनि उनीहरूको मुहारमा कुनै उमङ्ग छैन । ‘बिहान, बेलुका छाक टार्ने चिन्ता छ’ भीमबहादुरले भन्नुभयो’। मालढुङ्गा–बेनी सडक खण्डको माथिबाट खसेको पहिरोले माझीको घरवास पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । घरको भग्नावशेष देखाउँदै चन्द्रकुमारी माझीले भनिन् – आफ्नो यो हालत हुँदा पनि कसैले हेरेको छैन् ।
उहाँका दुई छोरा र दुई छोरी छन् । दुवै छोरा अलग्गै घरमा बस्दै आएका छन् भने दुबै छोरीको विवाह भइसकेका छन् । बूढेसकालमा परिवारबाट एक्लिएका माझी दम्पतीको बाँच्ने सहारा भनेको कालीगण्डकी किनारको गिटी र बालुवा हो । ‘बालुवा, गिट्टीको काम गरेर छाक टार्दै आएका छौँ, हामीलाई कसैले सहयोग गरेको छैन’ चन्द्रकुमारीले भनिन् – ‘हामी पुरानै बासमा फ्र्कन चाहान्छौँं, तर घर केले बनाउने, हाम्रो उपाय छैन ।’ त्यहाँका अन्य केही माझी परिवार पनि विस्थापित अवस्थामा छन् । पुस्ताँैंदेखि कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीहरूले आफ्ूहरू राज्यबाट उपेक्षामा परेको गुनासो व्यक्त गरेका छन् । छिटपुट राहत पाए पनि पहिरोबाट विस्थापितको पुर्नवास र व्यवस्थापनमा कसैले ध्यान नदिएको गुणासो भीमबहादुरका छोरा यामबहादुर माझीको छ ।
यामबहादुर र उहाँका भाइ अइन्द्रबहादुरले भने चालक पेसा गरेर जीविका चलाउँदै आएका छन् । ‘गर्ने उमेरसम्म छुट्टै बस्ने इच्छा भएपछि बुबाआमा अलग्गै हुनुहुन्छ’ यामबहादुर भन्छन्– ‘परिवारको अवस्था साह्रै दयनीय छ, बस्ने बास समेत गुमेपछि यो अवस्था आइपुग्यो ।’ घरमा भएको अलिअलि सम्पत्ति पनि पहिरोले पुरेपछि माझी दम्पतीको अवस्था झन् कहालीलाग्दो बनेको छ । बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन लगायतका क्षेत्रमा राज्यको सहयोगको अपेक्षा गरेका छन् ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"