ताजा अपडेट :

फरार अभियुक्त थुनामुक्त गराउने प्रयास अदालतले ग¥यो खारेज

फरार अभियुक्त थुनामुक्त गराउने प्रयास अदालतले ग¥यो खारेज
 असोज २९ पर्वत
साथीको हत्या गरि २१ बर्ष देखि फरार भएका एक अभियुक्तलाई थुनामुक्त गराउने प्रयासलाई अदालतले खारेज गरिदिएको छ।  पर्वत जिल्लाको राम्जा देउराली गाउँ बिकास समिति वडा नं २ का सेते भन्ने टेकबहादुर जिसीलाई थुनामुक्त गराउन परेको बन्दी प्रत्यक्षीकरणको रिटलाई  उच्च अदालत पोखरा, इजलास बागलुङ्गले बिहीबार खारेज गरिदिएको हो ।

बागलुङ्ग इजलालसका न्यायधीश नरबहादुर बागचन्दको इजलासले बन्दी प्रत्यक्षकीरणको मागलाई खारेज गर्दै पर्वत जिल्ला अदालतले थुनामा पठाउन गरेको आदेशलाई निरन्तरता दिएको छ।  जिसीले आफुँ टेकबहादुर जिसी भन्ने ब्यक्ति नै नभएको दाबी गर्दै आएका थिए । भारतीय सेनामा  धनबहादुर थापा भनेर जागिर खाएका र हत्या अभियोगपछि पनि जागिरमा पेन्सन पकाएका जिसीले आफुँ धनबहादुर थापा नै भएको जिकीर गर्दै आएका छन । स्रोतका अनुसार उनले आफुँ धनबहादुर थापा भने पनि पर्वत जिल्ला अदालतले उनकी आमाका नाममा रहेको जग्गा समेत रोक्का गरिसकेकाले उनको मागदाबीलाई अदालतले खारेज गरिदिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले जिसीलाई लुकीछिपी बस्दै आएको अवस्थामा उसकै घरबाट असोज १४ गते पक्राउ गरि अदालतमा पेश गरेको गरेको थियो । जिसीलाई  २०५२ साल जेठ ५ गते पर्वतको आर्थर डाडाँखर्क गाबिस वडा नं १ सातबिसेमा रामकाजी गुरुङ्गलाई हत्या गरेको अभियोगमा पर्वत जिल्ला अदालतले सर्बस्व सहित २० बर्ष कैद सजाय सुनाएको थियो । गुरुङ्गलाई कर्तब्य गरि हत्या गरेर बरको रुखमा झुण्डाएको अवस्थामा फेला पारेपछि जिसी सहितका चार जनालाई प्रहरीले पक्रेको थियो ।

पर्वत जिल्ला अदालतमा २०५३ असारमा पेश हुँदा उनीहरु चारै जना तारेखमा रिहा भएका थिए । जिसी सहित तारेखमा रिहा भएका अभियुक्तहरुको मुद्दामा पर्वत जिल्ला अदालतले २०६९ चैत्र २९ गते फैसला गरेको थियो । अदालतले जिसीलाई मात्रै दोषी ठहर गरेर २० बर्ष कैद सजाय सुनाएको थियो । अदालतको फरार सुचीमा रहेका जिसीले भारतीय सेनामा जागिर सकेर पेन्सनमा निस्केका थिए । यता फरार सुचीमा रहेपनि उता जागिर गर्दैै आएका जिसी अन्तत प्रहरीको फन्दामा परेका थिए ।  उनलाई पर्वत जिल्ला अदालतले थुनामा पठाएको थियो ।

 

 

प्रमुख समाचार

भिडियो संग्रह