- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
मोदीबेणीमा निर्माणाधिन बृद्धाश्रमलाई बेल्जियममा बस्दै आएकाहरुद्धारा आर्थिक सहयोग प्रदान
मोदीबेणीमा निर्माणाधिन बृद्धाश्रमलाई बेल्जियममा बस्दै आएकाहरुद्धारा आर्थिक सहयोग प्रदान े
असोज २९ पर्वत
, पर्वतको धार्मिक एबम पर्यटकीय स्थल मोदीबेणी धाममा निर्माणाधिन बृद्धआश्रमलाई गैह्र आवासिय नेपाली संघ बेल्जियमले सहयोग गरेको छ ।
पर्वत र छिमेकी बागलुङ्गबाट बेल्जियममा पुगेका गैह्र आवासिय नेपालीहरुले संकलन गरेको रकम बृद्धाश्रम निर्माण समितिलाई हस्तान्तरण गरिएको हो ।
मोदीवेणी ज्येष्ठ नागरिक आश्रम विकास समितिका अध्यक्ष दिर्घनारायण श्रेष्ठलाई आज एक समारोहका बीच २ लाख ६७ हजार रुपैया सहयोग हस्तान्तरण गरेको छ । उक्त सहयोग व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले आज समितिलाईे हस्तान्तरण गरे । बेल्जियममा रहेका हिक्मत श्रेष्ठको पहलमा उक्त रकम संकलन गरिएको हो । सहयोग हस्तान्तरण गर्दै सांसद जोशीले ज्येष्ठ नागरिकको हितका लागि गरेको सहयोगले पूण्यको काम गरेको बताए । उनले यो सहयोगले आफूलाई समेत सहयोगका लागि प्रेरित गरेको बताउँदै आगामी दिनमा अरु सहयोग जुटाउन बेल्जियमबासी नेपालीहरुलाई आग्रह गरेका थिए । सामाजिक सुरक्षाका लागि गैह्र आवासिय नेपालीले गरेको सहयोग अनुकरणीय छ ।
बेल्जियममा रहेका नेपालीले बृद्धाश्रमलाई अहिले सानो रकम सहयोग गरेपनि भविश्यमा यसलाई बढाउँदै लैजाने एनआरएन बेल्जियमका प्रतिनिधि गोबिन्द सुबेदीले बताए । उनले सहयोगलाई ज्येष्ठ नागरिकको हितमा खर्च गर्न समितिलाई आग्रह गर्दै सहयोग निरन्तर गरिरहने प्रतिवद्वता समेत व्यक्त गरे । आगामी बर्ष हुने एनआरएन ग्लोबल समिटका बेला मोदीबेणीको बिकासका लागि थप सहयोगको अभियान थाल्ने जानकारी पनि दिए ।
धार्मिकस्थल मोदीबेणीमा अहिले पनि बृद्धाश्रम छ । तर मोदीबेणीमा कालीगण्डकी पारी बागलुङ्ग तर्फको भागमा सुबिधा सम्पन्न बृद्धाश्रमको निर्माण थालिएको छ। १२ कोठा रहने सुबिधा सम्पन्न बृद्धाश्रम निर्माण गर्न ७४ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । अहिले सम्म मोदीबेणीमा सञ्चालिन महायज्ञबाट १७ लाख भन्दा बढी, महिला बिकास, चन्दादाता, तथा शहरी बिकास तथा भवन निर्माण बिभागबाट समेत गरी ३४ लाख रुपैया संकलन भैसकेको निर्माण समितिका सचिब कमलकुमार जिसीले जानकारी दिए । उक्त अधुरो बृद्धाश्रम बनाउनका लागि थप सहयोग आवश्यक भएकाले गैह्र आवासिय नेपाली संग सहयोग मागिएको उनीहरुको भनाई छ । अहिले भवन निर्माण गरेपछि हरेक गाबिसमा पुगेर श्रद्धा गर्ने धनले एक दिन बृद्धहरुलाई भोजन गराउने अभियान थाल्ने सोच रहेको समितिका अध्यक्ष दिर्घनारायण श्रेष्ठले बताए ।
मोदीबेणीबाट बृद्धाश्रम सम्म भोलुङ्गे पुल आवश्यक रहेको छ । मोदीबेणीमा धाम रहने र कालीगण्डकी पारी बृद्धाश्रम हुने भएकाले वारपार गर्नका लागि पुल अत्यावश्यक देखिएको समितिका सदस्य खुमराज पराजुलीले बताए । ‘वारि धाम पारी बृद्धाश्रम हुँदा समस्या हुन्छ’ उनले भने ‘भवन निर्माणको काम पुरा हुँदा सम्म पुल पनि बनाई सक्नुपर्छ’
कार्यक्रममा मोदीबेणी दिव्यधामको भौतिक संरचना निर्माणबारे केशबदास वैरागीले प्रकाश पारेका थिए । मोदीबेणीमा अहिले बृहत खानेपानी, घाट सुधार, पार्क, बाटोघाटो, सत्संग भवन निर्माणको काम भैरहेको र एक सय ८ धारा पनि पुरा भएको बैरागीले जानकारी दिए । मुलुकका आकर्षक र सबैभन्दा अग्ला भोलुङ्गेपुल आउने पर्यटक समेत नरसिंह मन्दिरको दर्शन गर्न र मोदीबेणी घुम्न आउने गरी पुर्बाधार तयार भैरहेको उनले बताए । ‘पुलबाट हेर्दा मोदीबेणी नझरी नफर्कने वातावरण बनाउँदै छौ’ उनले भने । अग्लापुलबाट मोदीबेणी १० मिनटको पैदलयात्रामा पुग्न सकिन्छ ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"