- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
संरक्षणको पर्खाइमा ताकमकोत
संरक्षणको पर्खाइमा ताकमकोत
पर्यटकीय तथा धार्मिक सम्भावना रहेको ऐतिहासिकस्थल ताकमकोत संरक्षणको पर्खाइमा छ । ताकम गाविस–९ मा पर्ने सो स्थल संरक्षणका साथै पर्यटकीय र धार्मिक महत्वका विषयमा प्रचारप्रसार हुन सकेको छैन । बाइसे चौबीसे राजाका पालामा थापा राजाले दुई सय वर्षसम्म राज्य गरेको सो स्थानको ऐतिहासिक महत्व छ । समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ«े हिमशृङ्खलाका साथै मनरोम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवीदेवताको मूर्ति रहेको ताकम कोतमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले धार्मिक महत्व पनि उत्तिकै रहेको छ ।
ताकमकोतमा नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा पूजाआजा र भाकल गरी बलि चढाउन भक्तजन आउने गर्छन् । प्राकृतिक साँस्कृतिक तथा धार्मिक महत्वको स्थल रहेर पनि सरकारी निकाय र गाउँका अगुवाको उदासीनताका कारण संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ताकमकोत ओझेलमा परेको ताकम–८ मच्छिमका रेशम छन्त्यालले बताउनुभयो । कोत घरमा रहेको तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका ऐतिहासिक महत्वका हतियार, पुराना भाँडा संरक्षण नहुँदा खिया लागेर नष्ट हुन थालेका छन् । यसैगरी सुरुङ, छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, इँटा, बङ्कर, ओदान, मन्दिर, मूर्ति, फलामको छाता, माटाको शङ्ख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरूपको ढुङ्गालगायतका पुरातात्विक वस्तु संरक्षणको पर्खाइमा रहेका छन् ।
कोतघर, जगन्नाथको मन्दिर र पौवा मर्मतको अभावमा जीर्ण बनेको छ । ताकमकोतको संरक्षण, पूजा व्यवस्थापन र पूर्वाधार निर्माणका लागि गठन भएको ताकमकोत, अन्नपूर्ण जगन्नाथ गुठी व्यवस्थापन समितिले मन्दिरको पुनःनिर्माण र पदमार्ग निर्माणको तयारी भएको जनाएको छ । समितिका अध्यक्ष देवबहादुर थापाले गुठीलाई व्यवस्थित र कोतघर जीर्णोद्धार गर्न ताकममा सञ्चालित घनाबस्ती विकास कार्यक्रमअन्तर्गत योजना प्रस्ताव गरिएको बताउनुभयो । यसैवर्ष काफलडाँडा हुँदै कोतघरसम्म पुग्ने रेलिङसहितको पक्की पदमार्ग निर्माण गर्ने योजना रहेको अध्यक्ष थापाले बताउनुभयो ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"