- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
ऐतिहासिक खौलाकोट संरक्षणको पर्खाइमा
ऐतिहासिक खौलाकोट संरक्षणको पर्खाइमा
पर्वत २७ असोज
पर्वतको खौलालाँकुरी गाविसमा अवस्थित ऐतिहासिक भूमे कोतको उचित संरक्षण हुन सकेको छैन । बाइसे चौबिसे राजाको पालादेखि विभिन्न परम्परागत संस्कृतिको संरक्षण गर्दै आएको यस कोत संरक्षणको अभावमा ऐतिहासिक महत्व खस्किँदै गएको छ । यसको संरक्षणका लागि स्थानीयवासी जागरुक बने पनि अन्य राज्यस्तरका निकायबाट पहल हुन सकेको छैन । राज्यस्तरबाट सहयोग उपलब्ध नभएपछि ऋणबाट मन्दिरको जीर्णोद्वार गरिए पनि अहिले ऋण तिर्न नसक्दा कोत संरक्षणमा खटिने अगुवा विलखबन्दमा परेका छन् । कोतमा निर्माण भएका ऐतिहासिक मन्दिर जीर्ण भएपछि खौलालाँकुरी माध्यमिक विद्यालयबाट रु तीन लाख ५० हजार ऋण सहयोग मागेर गत वर्ष जीर्णोद्वार र नयाँ मन्दिर निर्माण भएको थियो ।
अहिले उक्त ऋण तिर्ने कुनै सहयोग र स्रोत नभएपछि समस्या आइपरेको छ । कोतको संरक्षण तथा व्यवस्थापनका लागि गठित समितिले विभिन्न सरकारी सहयोगी निकायमा सहयोगका लागि माग गरे पनि आवश्यक सहयोग उपलब्ध हुन नसकेको व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर क्षेत्रीले बताउनुभयो । “पटक पटक सहयोगको आग्रह गरियो तर सहयोग पाइएन” अध्यक्ष क्षेत्रीले भन्नुभयो “स्कुलबाट ऋण मागेर मन्दिर बनाइयो तर ऋण तिर्न सकिएन ।” यो खौलालाँकुरी कोतमा पर्वतको खौलालाँकुरी, ठूलीपोखरी, आर्थर, कार्कीनेटालगायतका एक दर्जन गाविसवासी र छिमेकी जिल्ला स्याङ्जाको आरुचौर, विचारीचौतारालगायतका गाविसबाट पूजाआजाका लागि सर्वसाधारण आउने गरेका छन् ।
यहाँ विशेष गरी महानवमीको दिन मेला लाग्ने गर्दछ । धर्मावलम्बीले आफ्नो र परिवारको मनोकांक्षा पूरा होस् र शान्ति मिलोस् र जस्तोसुकै आपत्विपत् परे पनि नवदुर्गाले शक्ति प्रदान गरुन् भन्ने कामनाका साथ पञ्चबलि दिने प्रचलन रही आएको छ । पञ्चबलिअन्तर्गत राँगो, बोका, कुखुराको भाले, परेवा र फुर्से कुभिन्डोको बली दिने गरिन्छ । नवमीको दिन सरायँ खेल्ने बाइसे चौबिसे राजादेखिको परम्परा यथावत नै रहेको छ । खौलाकोतमा र छिमेकी गाविस लिमिठानाको लिमीकोतमा एकै साथ सरायँ खेल्ने र दुवै कोतमा सराँय खेल्दा तरवार टल्किएपछि मात्रै बलिदिने भन्ने प्रचलन यहाँ छ । यस्ता अनेकौँ ऐतिहासिक महत्व बोकेको यो कोत संरक्षणको अभावमा ओझेलमा परेको छ ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"